कांग्रेसद्वारा विभिन्न जिल्लामा अक्सिजन कन्सेन्ट्रेटर सहयोग

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका नेता/कार्यकर्ता तथा शुभेच्छुकहरूबाट प्राप्त आर्थिक सहयोग उपयोग गरी कोभिड–१९ संक्रमण उपचारमा अत्यावश्यक अक्सिजन कन्सेन्ट्रेटर ​वितरण गरिरहेको जनाएको छ। सार्वजनिक अस्पतालहरूमा कांग्रेसले यो उपकरण उपलब्ध गराइरहेको हो। सो पार्टीले गठन गरेको कोभिड–१९ केन्द्रीय अनुगमन समितिले १० लिटर क्षमता भएको ५० थान अक्सिजन कन्सेन्ट्रेटर अत्यावश्यक भएका जिल्ला तथा स्थानीय सार्वजनिक अस्पतालमा वितरण गर्दै आएको छ। यस्तो प्रकारको एउटा मेसिनबाट दुई बिरामीलाई एकैपटक मेडिकल अक्सिजन दिन सकिन्छ। सम...