सरकारविरुद्ध युवा संघको प्रदर्शन

काठमाडौँ- सरकारको काम कारवाही जनमुखी नभएको भन्दै राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । जनता मूल्यवृद्धि, कालोबजारीबाट आक्रान्त हुँदा पनि सरकार मौन रहेको भन्दै युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो । सरकारकै कारण मुलुकमा प्राप्त परिवर्तन धराशायी बनेको, समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा अघि बढाउन नसकेको र सरकार बनेपछि […]

सम्बन्धित सामग्री

युवा संघको सरकारविरुद्ध प्रदर्शन

काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारसँग विभिन्न माग राख्दै प्रदर्शन गरेको छ। शनिबार काठमाडौंमा युवा संघले गाईभैँसीमा देखिएको लम्पीस्किन रोग नियन्त्रण, सहरकारी पीडितको माग सम्बोधन तथा सुन तस्करी प्रकरणलगायतका विषयको समाधान हुनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको हो। युवाहरूले विभिन्न प्ले–कार्डसहितका समाग्रीहरू प्रदर्शन गरेका थिए।

सरकारविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले सरकारविरुद्ध प्रदर्शन गरेको छ । राजधानीको नयाँ बानेश्वरमा विभिन्न व्यक्तिहरुको व्यानर जलाउँदै प्रदर्शन गरेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्नि सापकोटा, पर्यटनमन्त्री प्रेम आले लगायतको ब्यानर जलाएर युवा संघले प्रदर्शन गरेको हो । मूल्यवृद्धि फिर्ता लिनुपर्ने लगायतका माग युवा संघले राखेकाे […]

सरकारविरुद्ध युवा संघको प्रदर्शन [फोटो फिचर]

काठमाडौं– राष्ट्रिय युवा संघ नेपालले वृहत् युवा महिला विरोध प्रदर्शन गरेको छ । विभिन्न माग राख्दै युवा संघले प्रदर्शन गरेको हो । स्थानीय तह निर्वाचनको स्वीकार्यता, मन्त्री रेणुकुमारी यादवको बर्खास्ती, मूल्यवृद्धि खारेज, नेपाली भूमि फिर्ता, खोप चोरी प्रकरणमा संलग्न स्वास्थ्य मन्त्रीलाई कारबाही लगायतका माग राख्दै राष्ट्रिय युवा संघ न…

सरकारविरुद्ध युवा संघको प्रदर्शन [फोटो फिचर]

काठमाडौं– राष्ट्रिय युवा संघ नेपालले वृहत् युवा महिला विरोध प्रदर्शन गरेको छ । विभिन्न माग राख्दै युवा संघले प्रदर्शन गरेको हो । स्थानीय तह निर्वाचनको स्वीकार्यता, मन्त्री रेणुकुमारी यादवको बर्खास्ती, मूल्यवृद्धि खारेज, नेपाली भूमि फिर्ता, खोप चोरी प्रकरणमा संलग्न स्वास्थ्य मन्त्रीलाई कारबाही लगायतका माग राख्दै राष्ट्रिय युवा संघ न…

कलैयामा युवा संघको प्रदर्शन

नेकपा (एमाले)को युवा संघ नेपालले कलैयामा तीनदिनयता सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेको छ । भौतिक योजनामन्त्री रेणु यादवको बर्खास्ती र स्थानीय चुनावको मिति घोषणा गर्न माग गर्दै युवा संघले प्रदर्शन गरेको हो ।

चुनावको मिति घोषणा गर्न मधेसमा युवा संघको प्रदर्शन

जनकपुरधाम । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले चुनावको मिति घोषणा र भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ । संघका कार्यकर्ताले आज जनकपुरधाममा सरकारविरुद्ध नाराबाजी गरेका हुन् । जुलुसमा सहभागीहरुले नरसंहारबादी मन्त्री रेणु यादवलाई बर्खास्त गर, निर्वाचनको मिति घोषणा गर, देउवा सरकार, अपराधी सरकार चाहिँदैन जस्ता नारा […]

युवा संघको बृहत टर्च र्‍यालीमा प्रहरीको हस्तक्षेप, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं : राष्ट्रिय युवा संघ नेपालको बृहत टर्च र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ। सो क्रममा प्रहरी र युवा संघका नेता तथा कार्यकर्ताबीच झडप भएको छ। युवा संघका नेता तथा कार्यकर्ताहरुले नयाँ बानेश्वर चोकमा सरकारविरुद्ध प्रदर्शन गरिरहँदा प्रहरीले हस्तक्षेप गरेको हो। प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार समेत गरेका थिए। युवा संघले ‘जयसिंह…