उद्योग विभाग र महासंघबीच समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच एक समझदारी भएको छ । नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने उद्देश्यले उक्त समझदारी भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गरे ।दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसँग सम्बन्धित तथ्यांक संकलन […]

सम्बन्धित सामग्री

आवेदनका आधारमा स्टार्पअप उद्यमीलाइ कर्जाको समय मिलाउनेछौं : उद्योग विभाग

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आउन थालिसकेको जनाएको छ । उद्योग विभाग, त्रिपुरेश्वरका महानिर्देशक रामचन्द्र तिवारीले सूचना निकालेको भोलिपल्टदेखि नै स्टार्टअप उद्यमीहरुले आवेदन दिन थालेको जानकारी दिए । उनले लिभिङविथ आइसीटीलाई भने, ‘विभागले सूचना निकालेको भोलिपल्टदेखि नै विभिन्न क्षेत्रमा...

आवेदनका आधारमा स्टार्पअप उद्यमीलाई कर्जाको समय मिलाउछौं : उद्योग विभाग

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आउन थालिसकेको जनाएको छ । उद्योग विभाग, त्रिपुरेश्वरका महानिर्देशक रामचन्द्र तिवारीले सूचना निकालेको भोलिपल्टदेखि नै स्टार्टअप उद्यमीहरुले आवेदन दिन थालेको जानकारी दिए । उनले आइसीटी समाचारलाई भने, ‘विभागले सूचना निकालेको भोलिपल्टदेखि नै विभिन्न क्षेत्रमा...

मधेस प्रदेश: उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज

मधेस प्रदेशमा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले धनुषाको जनकपुरधाममा सञ्चालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट पर्सा जिल्लाको वीरगन्जमा उद्योग विभाग स्थापना गर्ने र सिरहा जिल्लाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगंजमा १/१ वटा गरी तीन वटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय समेत गरिएको मधेस प्रदेश सकारको प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी द

अनलाइनमैत्री बन्दै उद्योग विभाग: दर्तादेखि अनुदानसम्म अनलाइनबाटै

उद्योग विभागले आफ्ना सम्पूर्ण सेवा अनलाइनबाट सुरु गरेको दाबी गरेको छ ।

आगामी आर्थिक वर्षदेखि ‘फेसलेस’ सेवा दिँदै उद्योग विभाग

उद्योग विभागले आगामी आर्थिक वर्ष २०७९÷८० देखि ‘फेसलेस’ सेवा सुरू गर्ने भएको छ । विभागले आर्थिक वर्षको सुरुवाती महिना साउनदेखि नै सबै प्रकारका सेवा अनलाइनमार्फत दिने तयारी गरेको हो ।विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुलीले नयाँ आर्थिक वर्षदेखि विभागले दिने उद्योगसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत दिने बताए । उनले भने, ‘नयाँ उद्योग दर्ता, क्षमता अभिवृद्धि, लगानी प्रस्ताव स्वीकृती र नवीकरण लगायतका सबै काम अनलाइनबाटै हुने छ ।’यसका लागि विभागले एक करोड ६० लाख रुपैयाँमा ठ

एमाले उद्योग विभाग प्रमुखमा दुगड, उपप्रमुखमा प्रसाईं

काठमाडौँ – नेकपा एमालेले पार्टीको उद्योग विभागको जिम्मा व्यापारीलाई सुम्पेको छ। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उद्योग राज्यमन्त्री तथा विशेष आर्थिक सल्लाहकार रहेका चर्चित उद्योगी मोतीलाल दुगडलाई दोस्रो केन्द्रीय कमिटी बैठकले उद्योग, बाणिज्य तथा आपूर्ति विभाग प्रमुखको जिम्मेवारी दिएको हो। मधेसी कोटबाट पार्टीको समानुपातिक सांसद रहेका व्यापारी दुगड १०औं महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य निर्वाचित भएका […]

एमाले उद्योग विभाग प्रमुखमा मोतीलाल दुगड

काठमाडौँ। नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखको जिम्मेवारी व्यवसायी मोतीलाल दुगडलाई दिने भएको छ । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । २०७१ असोज १२ गते एमाले प्रवेश गरेका व्यवसायी दुगड २०७६ मंसिर ५ तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत बनाएका थिए […]

एमाले उद्योग विभाग प्रमुखमा दुगड, उप-प्रमुखमा प्रसाईं

२ पुस, काठमाडौं। व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । दुगड केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकार पनि बनेका थिए । १२ असोज २०७१ मा एमाले प्रवेश गरेका दुगडलाई ओलीले ५ मंसिर […]

एक वर्षको अवधिमा डेढ खर्ब लगानीका उद्योग दर्ता : उद्योग विभाग

साउन १०, काठमाडौं । नेपालमा एक वर्षका अवधिमा डेढ खर्ब रुपैयाँ बराबरको स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् ।            आर्थिक वर्ष २०७७/ ७८ मा १ खर्ब ५६ अर्ब ६४ लाख रुपैयाँको लगानीमा विभिन्न छ  ओटा शीर्षकका २०३ ओटा उद्योग दर्ता भएका उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ ।            कृषि तथा वन पैदावारमा आधारित २१ ओटा उद्योगमा ५ अर्ब ३४ करोड ८० लाख रुपैयाँ, ३०  ओटा ऊर्जामूलक उद्योगमा १ खर्ब ९ अर्ब ९७ करोड ४० लाख रुपैयाँ र सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित छ  ओटा उद्योगमा ८० करोड रुपैयाँ लगानी रहेको छ ।            यस्तै, पूर्वाधारका दुई ओटा उद्योगमा १ अर्ब ७३ करोड ८० लाख रुपैयाँ, उत्पादनमूलक ७० ओटा उद्योगमा १९ अर्ब ५२ करोड ४० लाख रुपैयाँ, खनिज क्षेत्रको एउटा उद्योगमा १२ करोड ३० लाख रुपैयाँ, सेवामूलक ३३ ओटा उद्योगमा ५ अर्ब ६४ करोड ५ लाख रुपैयाँ र पर्यटनसँग सम्बन्धित ४० ओटा उद्योगमा १३ अर्ब ४८ करोड ५ लाख रुपैयाँ लगानी छ ।            घट्यो उद्योग दर्ता            कोरोना महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको सङ्ख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा लगानी रकममा केही वृद्धि भए पनि उद्योग दर्ताको सङ्ख्यामा भने कमी आएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिए ।            उनका अनुसार अघिल्लो आवमामा १ खर्ब ५२ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको लगानीमा २७७ ओटा स्वदेशी उद्योग दर्ता भएका थिए । घट्यो विदेशी लगानी प्रतिबद्धता            कोरोना माहामारीकै कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानीको प्रतिबद्धतामा कमी आएको छ । गत आवमा लगानी रकमसँगै उद्योेगको सङ्ख्यामासमेत कमी आएको हो ।            अघिल्लो आवको तुलनामा गत आवमा ४० ओटा उद्योग कमी हुनाका साथै ५ अर्ब ७८ करोड रुपैयाँ बराबरको लगानी घटेको हो। अघिल्लो आवमा २२३ ओटा उद्योगका लागि  ३७ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएकामा गत आवमा १८३ ओटा उद्योगका लागि ३२ अर्ब २ करोड रुपैयाँ बराबरको मात्र प्रतिबद्धता आएको विभागले बताएको छ ।            कुन उद्योगमा कति प्रतिबद्धता            गत आर्थिक वर्षमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै उद्योगमा लगानीको प्रतिबद्धता आएको छ । यसक्षेत्रमा १०१ ओटा उद्योगका लागि  १८ अर्ब ३१ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएकोे हो ।      यस्तै, कृषि क्षेत्रमा तीन ओटा उद्योगका लागि  ५२ करोड ९० लाख रुपैयाँ, ऊर्जामा चार ओटा उद्योगका लागि १ अर्ब ५४ करोड रुपैयाँ, सूचना प्रविधिसँग सम्बन्धित १५ ओटा उद्योगका लागि २ अर्ब ९५ करोड रुपैयाँ, १९ ओटा उत्पादनमूलक उद्योगका लागि २ अर्ब ८६ करोड रुपैयाँ र ४१ ओटा सेवामूलक उद्योगका लागि ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको हो । उक्त लगानी प्रतिबद्धतासँगै ५ हजार ८३३ जनालाई रोजगारी दिइने भएको छ ।            नयाँ व्यवस्थानुसार ५ करोडभन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुँदैन । न्यूनतम ५ करोड रुपैयाँभन्दा माथि तोकिएका प्रतिबद्धता रकममा वृद्धि भएपनि उद्योगको सङ्ख्यामा भने कमी आएको विभागले बताएको छ । रासस

उद्योग विभाग लगानीका लागि सहजीकरण गर्ने भूमिकामा छ

उद्योग विभाग स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लागि मुख्य प्रवेशद्वारका रूपमा मानिन्छ । नेपालमा कुनै उद्योग स्थापना गर्नका लागि विभागको स्वीकृति अनिवार्य हुन्छ । देशमा रोजगारी सिर्जना गर्ने, विदेशी लगानी स्वीकृत गर्ने तथा आर्थिक गतिविधिमा टेवा दिनुमा उद्योग विभागको महत्वपूर्ण भूमिका छ । यही महत्वपूर्ण विभागको महानिर्देशकमा जीवलाल भुसाल छन् । सरकारी सेवामा […]