आयोगले दुई जना पूर्वप्रधानमन्त्रीसहित दर्जनभन्दा बढीलाई सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार गर्ने सिलसिलामा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोभन्दै एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको।
काठमाडौं : आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग स्पष्टीकरण मागेको छ।गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजासहितको तामझाम गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण मागेको हो।सात दिनभित्र स्पष्टीकरण बुझाउन प्रचण्डलाई आयोगले निर्देशन दिएको छ। आयोगले उम्मेदवारी दर्ताको क्रममा प्रयोग भएको श्रव्यदृश्यको आधारमा दाहालसँग स्पष्टीकरण मागेको हो ।
काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा निर्वाचन आचारसंहिताविरुद्ध तामझाम र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो । गोरखा २ बाट उमेदवारी दर्ता गर्न जाने क्रममा बाजागाजा प्रयोग गरेको विषयमा आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो । ‘मनोनयन दर्ता क्रममा बाजागाजा (पञ्चेबाजा)को प्रयोग भएको […]
निर्वाचन आयोगले कर्मचारीको सरुवामा रोक्न सरकारलाई निर्देशन दिएको छ । आज एक विज्ञप्ति जारी गरी आयोगले सरुवा गरिसकिएका कर्मचारीहरूलाई तत्काल रमाना दिएर पठाउन पनि सरकारलाई निर्देशन दिएको छ ।
‘आगामी ४...
काठमाडौं : निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ।आम निर्वाचनको आचारसंहीता लागू गर्ने लगायतका समसामयिक विषमा छलफल गर्न आयोगले बुधबार मध्याह्न १२ बजे १२ दलका प्रतिनिधिलाई बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। निर्वाचन आयोगले असोज १ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ। त्यसका लागि दलहरुको प्रतिवद्धताका लागि निर्वाचन आयोगले बोलाएको हो।आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरिएको थियो। मंसिर ४ गते
१३ भदौ, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचार संहिता सार्वजनिक गरेको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले आचारसंहिता तयार गरी राजपत्रमा प्रकाशित गरेको हो । आयोगले निर्णय गरेका दिनदेखि आचारसंहिता लागू हुनेछ । आचारसंहितामा आयोगले दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ । आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता […]
काठमाडाैँ- निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने भएकाे छ। आयोगले अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्न लागेको हो। नियमित पत्रकार सम्मेलनको श्रृंखलाअन्तर्गत आयोगले गत सोमबारयता निर्वाचनसम्बन्धी विषयमा गरेका निर्णयहरूको जानकारी गराउने छ। आयोगले हप्ताको सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्दै आएको छ।
काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले आज यहाँ आयोजना गरेको स्थानीय तह निर्वाचन र पत्रकार भेटघाटमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचनको आयोगले मानवअधिकारको दृष्टिकोणले अनुगमन गर्ने बताए। सातवटै प्रदेशमा उच्चस्तरीय अनुगमन टोलीद्वारा अनुगमन हुनेछ । आयोगले निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात अनुगमन गर्ने […]
काठमाडौँ । निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने भएको छ। मङ्गलवार बिहान ११ : ३० मा दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो। छलफल स्थानीय तह निर्वाचनमा केन्द्रित रहनेछ। आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको छ।आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले दलहरूलाई आग्रह पनि गर्नेछ। स्थानीय चुनावमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि […]
निर्वाचन आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापन शीर्षकमा ३० करोड रुपैयाँ माग गरेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनका लागि ३० करोड रुपैयाँ माग गरेको हो । आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने कार्य छठलगत्तै सुरु गर्ने योजना बनाएको छ । यस्तै आयोगले अब नयाँ कानुनअनुसार चुनाव गर्ने प्रस्ताव पनि गरेको छ । त्यसका लागि विभिन्न ९ वटा कानुनलाई ३ वटा कानुनमा समेटेर कानुन परिमार्जन गर्नेगरी ड्राफ्ट तयार पार्ने प्रक्रिया सुरु भएको आयोगले