सुदूरपश्चिममा प्रधानमन्त्रीसहित एक सय ४३ प्रतिनिधिसभा सदस्य उम्मेदवार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभा र प्रदेशसभामा सबैभन्दा बढी उम्मेदवारी परेको छ । सुदूरपश्चिमका नौवटै जिल्लाका प्रतिनिधिसभाका १६ सिटमा एक सय ४३ र ३२ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि दुई सय ३० जनाले उम्मेदवारी दिएका छन् ।प्र

सम्बन्धित सामग्री

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति समक्ष बुझाउने

काठमाडौं, मंसिर २९। निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने छ । प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने उनले जानकारी दिए । राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस भएपछि निर्वाचितहरूको नाम राजपत्रमा प्रकाशित […]

धनुषामा तीन प्रतिनिधिसभा सदस्य फेरिए, एक दोहोरिए

अघिल्लो निर्वाचनमा धनुषाबाट निर्वातिच भएका चार प्रतिनिधिसभा सदस्यमा मध्ये एकले मात्रै जीत दोहोर्‍याउन सफल भएका छन्। बाँकी तीनमध्ये दुईजना धनुषाबाटै पराजित भए भने अर्का एक सर्लाहीबाट पराजय भएका छन्।...

शक्ति बस्नेत प्रतिनिधिसभा सदस्य निर्वाचित

सुर्खेत : नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनले ९ हजार ३१ मतान्तरले एमालेका निरजप्रसाद आचार्यलाई पराजित गरेका हुन्। बस्नेतले ३४ हजार १५१ भोट ल्याए भने आचार्यको पक्षमा २५ हजार १२० मत आयो।प्रतिनिधिसभामा बस्नेतको यो तेस्रो पटकको जित हो।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको माहोल तात्दै

रौतहट– प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै  रौतहट क्षेत्र नं १ को माहोल तातेको छ ।  सत्ता गठबन्धनका नेता एवं नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाल सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा पदमा उम्मेदवार छन् । सो क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार अजयकुमार गुप्ताले  प्रतिस्पर्धा गर्दै छन् । गौर नगरपालिकाका पूर्व प्रमुख गुप्ता केही महिना अगाडि मात्रै […]

सुदूरपश्चिममा प्रधानमन्त्रीसहित एक सय ४३ प्रतिनिधिसभा सदस्य उम्मेदवार

काठमाडौं, २४ असोज । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्ला मध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभा र प्रदेशसभामा सबैभन्दा बढी उम्मेदवारी […]

प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने अमरेश कुमार सिंहको घोषणा

काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले बुधबार राजीनामा दिने घोषणा गरेका छन् । रातोपाटीसँग कुराकानी गर्दै सिंहले आजै आफूले पदबाट राजीनामा दिन लागेको बताए । ‘पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले राजीनामा दिन लागेको हुँ’, उनले रातोपाटीसँग भने, ‘पार्टी क्रियाशिल सदस्यता, समायोजनलगायतका पार्टीका केही नेताहरुले चलखेल गरेको पनि मेरो गम्भीर आपत्ति छ ।’उनले आफूले बीपीलाई सम्झिँदै उनको स्मृति दिवस पारेर प्रतिनिधिसभा सदस्य पदबाट

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका रद्द

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका रद्द गरेको छ। “सर्वोच्च अदालतबाट असार २८ मा भएको आदेश बमोजिम २०७८ कार्तिक २६ गते पहिलो चरणमा र २०७८ मङ्सिर ३ गते दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको छ”, आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौँ, २१ असार: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगका अनुसार कार्यतालिकामा आगामी कात्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते शुक्रबार दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अवधिमा सम्पादन गरिने मुख्य क्रियाकलाप समेटिएकोे छ । कार्यतालिकाअनुसार यही असार ३१ देखि आगामी साउन […]

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ अर्ब ७२ करोड रुपैयाँ बजेट छुट्टयाइयो

काठमाडौं। सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि७ अर्ब ७२ करोड६३ लाख रुपैयाँ निर्वाचन आयोगलाई उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त बजेट सीमाभित्र रहेर खर्च गर्नेगरी सहमति प्रदान गरेको हो। आगामी कात्तिक २६गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरण निर्वाचनको घोषणा गरिएको छ। अन्य सामग्री खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च गरिने जनाइएको छ।