नेपालमा कोरोना संक्रमण निको हुने दर ९८.८% पुग्यो, सक्रिय संक्रमित १७३ जना

वैशाख २९, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार २ हजार ४६३ पीसीआर परीक्षणमा ४ जना र ३५४ एन्टिजेन परीक्षणमा शून्य गरी कुल ४ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७३ जना पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।  यसैगरी, बिहीवार १८ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ८५७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

सम्बन्धित सामग्री

९१२ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ५७६० सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । ६४९१ जनामा गरिएको नमूना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधि १ जना संक्रमितको मृत्यु भएको छ भने ३७० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार अहिले देशभर ५७६० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

थपिए ७ जना कोरोना संक्रमित, सक्रिय संक्रमित १४२ जना

जेठ १, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार २ हजार ९२ पीसीआर परीक्षणमा ७ जना र ९६ एन्टिजेन परीक्षणमा शून्य गरी कुल ७ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४२ पुगेको छ । यसैगरी, आइतवार १५ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ९०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

थपिए १३ जना कोरोना संक्रमित, सक्रिय संक्रमित १८५ जना

वैशाख २७, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार २ हजार ३७६ पीसीआर परीक्षणमा १२ जना र १ हजार २५८ एन्टिजेन परीक्षणमा १ जना गरी कुल १३ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८५ पुगेको छ । यसैगरी, मंगलवार १७ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ८२३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

२४ घण्टामा १७ जनामा कोरोना संक्रमण, २१ जना निको

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४०१० जनामा गरिएको नमूना परीक्षणमा  १७ जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएन । मन्त्रालयका अनुसार  चौबिस घण्टामा २२१० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ११९५२ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना : संक्रमण घट्दो, संक्रमणमुक्त हुने बढे

नेपालमा कोभिड-१९ संक्रमण घट्दो अवस्थामा छ। संक्रमण घटेसँगै निको हुनेको संख्या बढ्दै गएको छ भने सक्रिय संक्रमित पनि घटेका छन् ।

नेपालमा कोरोना : संक्रमण घट्दो, संक्रमणमुक्त हुने बढे

नेपालमा कोभिड-१९ संक्रमण घट्दो अवस्थामा छ। संक्रमण घटेसँगै निको हुनेको संख्या बढ्दै गएको छ भने सक्रिय संक्रमित पनि घटेका छन् ।

२४ सय ३३ संक्रमित थपिए, २६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि २ हजार ४ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९ हजार ७ सय २ जनाको पिसिआर र ४ हजार ६ सय ७२ गरी १४ हजार ३ सय ७४ जनाको परीक्षण गर्दा २ हजार ४ सय ३३ जना संक्रमित भेटिएका हुन्।यो अवधिमा २६ जना कोरोना संक्रमितको ज्यान गएको छ। हाल देशभरि ३८ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन्। आज १ हजार ९ सय २९ जनाले कोरोनालाई जितेका छन्।हाल नेपालमा कोरोना संक्रमण निको हुने दर ९३ दशमलव ५&nbs

प्रदेश २ मा घट्दै छन् कोरोना संक्रमित

जनकपुरधाम – प्रदेश २ मा नयाँ कोरोना संक्रमित घटने क्रम जारी छ। पछिल्लो २४ घण्टामा प्रदेशमा ७ जना कोरोना संक्रमित थपिएका छन् भने १९ जना निको भएका छन्। नेपालमा कोरोना संक्रमण पुनः उकालो लागिरहेको समय प्रदेशमा सक्रिय संक्रमितको संख्या ओरालो लाग्दै छ। प्रदेश २ मा हाल २ सय ९२ जना मात्र कोरोनाको सक्रिय संक्रमित छन् […]

थप १६० मा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप १६० मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ७२ हजार २१५ पुगेको छ । थप चार हजार ३०९ को पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको संख्या २१ लाख १० हजार ५७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६८ हजार ४३१ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १६५ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ७३७ सक्रिय संक्रमित रहेका छन् । हाल ८७ संक्रमित क्वारेन्टिनमा छन् । यस्तै ६४ संक्रमित आइसियुमा तथा १५ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ । थप दुईको मृत्यु नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुईको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या दुई हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९७.३ प्रतिशत

काठमाडौं । नेपालमा कोरोना संक्रमितमध्ये ९७.३ प्रतिशत निको भएका छन् । हालसम्म दुई लाख ६२ हजार २६२ जना संक्रमित भएकोमा निको हुनेको संख्या दुई लाख ५५ हजार ८८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुने यो दर ९७.३ प्रतिशत हो । आजसम्म १९ लाख ५२ हजार ९०३ जनाको पीसीआर परीक्षण गरिएका मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ४०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार चार हजार ४०१ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् । जसमा महिलाको संख्या १५९ छ भने पुरुषहरु २४४ जना रहेका छन् । गएको २४ घण्टामा कोरोना भाइरसका कारण ७ जनाको ज्यान गएको छ । यो सँगै हालसम्म ज्यान जानेको संख्या १८ सय ८५ रहेको छ । यस्तै, आज पाँच हजार २८९ जना सक्रिय संक्रमित रहेका छन् भने ५९४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।