वैशाख २७, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार २ हजार ३७६ पीसीआर परीक्षणमा १२ जना र १ हजार २५८ एन्टिजेन परीक्षणमा १ जना गरी कुल १३ जनामा भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १८५ पुगेको छ ।
यसैगरी, मंगलवार १७ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ८२३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।