सरकार गठनबारे जसपा शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन

काठमाडौँ । वैकल्पिक सरकार गठनबारे छलफल गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताहरूको बैठक विना निष्कर्ष टुङ्गिएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल थियो । संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेस गर्ने भोलि अन्तिम समय भएकोले त्यसैका लागि शीर्ष तहमा अनौपचारिक […]

सम्बन्धित सामग्री

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार नहुने

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको लागि भागबन्डा मिलाउन पछिल्लो समयमा मात्रै झन्डै दर्जनपटक प्रधानमन्त्रीसहित सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिसकेको छ । तर, ती बैठकबाट मन्त्रालय मागबन्डा अझसम्म मिल्न सकेको छैन । सत्तारूढ गठबन्धनबीच एक राज्यमन्त्रीसहित ६ मन्त्रालय लिएर समान हैसियतमा सरकारमा रहने भन्ने सरकार गठन नहुँदैको समझदारी हो । त्यो सहमझदारीलाई...

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाडाैं - सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो । माओवादी केन्द्रका नेता गणेश साहका अनुसार म…

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी साउन ३ गते दिउँसो ४ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले बिहीवार संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिशमा उहाँले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । केपी शर्मा आली नेतृत्वको सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्नेगरी मिति समेत तोक्नुभएको थियो । तर प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले पुनःस्थापनाको पक्षमा फैसला गरी साउन ३ गतेभित्र बैठक बोलाउन परमादेश दिएको थियो । सर्वोच्चको परमादेशकै कारण केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ भएर असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भइसकेको छ । बिहीवार देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णयसहित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बिहीवार नै सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री देउवाले सिंहदरबारमा डाक्नुभएको थियो । सो बैठकमा देउवालाई कोभिड–१९ विरुद्धको खोप तत्काल नागरिकलाई उपलब्ध गराउन नेताहरूले सुझाव दिए । देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गठबन्धनको बैठकले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत र उद्धारको कार्यक्रम ल्याउन समेत सरकारलाई सुझाव दिएको छ । नयाँ सरकार गठनका लागि भएका घटनाक्रमको समीक्षा भएको र मन्त्रिपरिषद् विस्तार, विश्वासको मत र संसद्लाई बिजनेश दिने विषयमा सैद्धान्तिक छलफल भएको बताइएको छ । देउवा नेतृत्वको गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा छन् ।