विश्वमा आर्थिक मन्दी छाउने चेतावनी

काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष विश्वको एक तिहाइ अर्थतन्त्रले मन्दीको सामना गर्ने चेतावनी दिएको छ । कोषका प्रमुख क्रिस्टालिना जर्जिएभाले अमेरिका, युरोपेली युनियन र चीनको अर्थतन्त्रमा आएको मन्दीका कारण सन् २०२३ अघिल्लो वर्षभन्दा कठिन हुने चेतावनी दिनुभएको हो । युक्रेनमा जारी युद्ध, तीव्र गतिमा बढिरहेको महंगी, उच्च ब्याजदर र चीनमा कोरोनाको फैलावटले विश्व […]

सम्बन्धित सामग्री

ब्याजदर फेरी बढाउने अमेरिकी केन्द्रीय बैंकको संकेत

एजेन्सी । अमेरिकामा केन्द्रीय बैंकले फेरी ब्याजदर बढाउने संकेत गरेको छ । फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेलले महँगी नियन्त्रणका लागि अपेक्षा भन्दा बढी ब्याजदर बढ्ने बताउनु भएको हो । आर्थिक मन्दी भोगिरहेको अमेरिकामा अर्थशास्त्रीहरुले अपेक्षा गरे भन्दा बढी ब्याजदर बढ्ने चेतावनी पावेलले दिएपछि अमेरिकी सेयर तत्काल असर देखिएको हाे । बुधबारको अमेरिकी शेयर बजारमा […]

विश्वव्यापी आर्थिक मन्दी आउनसक्ने विश्व व्यापार संगठनकी महानिर्देशकको चेतावनी

काठमाडौँ- विश्व व्यापार संगठन (डब्लूटीओ) ले विश्वव्यापी मन्दी आउनसक्ने संकेत दिएको छ । विभिन्न संकटका कारण देश विश्वको अर्थतन्त्र विश्वव्यापी मन्दीतर्फ अघि बढिरहेको डब्लूटीओकी महानिर्देशक न्गोजी ओकोन्जो इबेआलाले चेतावनी दिएकी हुन् । आर्थिक वृद्धिलाई पुनःजीवित पार्न क्रान्तिकारी नीतिका लागि उनले आह्वान गरेकी छिन् । युक्रेनमा जारी युद्ध, खाद्यान्नको बढ्दो मूल्य, उर्जाको मूल्यमा आएको उतारचढाव र […]

पचास वर्ष यताकै ठूलो मन्दी आउने आईएमएफको चेतावनी

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ मा पचास वर्ष यताकै आर्थिक मन्दी आउने चेतावनी दिएको छ । विश्वका थुप्रै संस्थाहरू टाट पल्टिने र त्यसले कतिपय देशहरूलाई नै समस्यामा पार्ने पनि आइएमएफको भविष्यवाणी छ । केन्द्रीय बैंकहरूले मौद्रिक नीतिमा गरेको कडाइले पूँजी बजारलाई प्रभावित गर्ने र त्यसले थुप्रै देशहरूको आर्थिक स्वास्थ्य समेत धरासायी […]

विश्वव्यापी रुपमा आर्थिक मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी

काठमाडौं । विश्व बैंकले रुस र युक्रेनबीच भएकाे युद्धका कारण विश्वव्यापी रुपमा आर्थिक मन्दी आउन सक्ने चेतावनी दिएको छ । दुई वर्ष भन्दा लामो समयदेखि कोरोना भाईरसँग जुध्ने क्रममा ठूलो आर्थिक क्षति व्यहोरिसकेको विश्वमा साे युद्धले मन्दी निम्त्याउन खतरा देखिएको विश्व बैंकको तर्क छ । युरोप, पूर्वी एशिया र अल्पविकसित देशहरूले यस्तो समस्या बढी झेल्नुपर्ने […]

विश्व बैंकका अध्यक्षको चेतावनी : ‘विश्वव्यापी आर्थिक मन्दी रोक्न सकिँदैन’

जेठ, १३ काठमाडौं  । रुसले युक्रेनमा अतिक्रमण गरेसँगै  पछिल्लो समय विश्वभर महँगी बढेको छ । खाद्यान्नदेखि इन्धन र मलखादसम्म अधिकांश सामानको भाउ आकाशिएको छ । यसका कारण विश्वभर आर्थिक मन्दी निम्त्याउने र यसलाई रोक्न नसकिने बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकका अध्यक्षले चेतावनी दिएका हुन् । विश्व बैंकका प्रमुख डेभिड मालपासले बुधवार अमेरिकामा आयोजित एक व्यापारिक समारोहमा बोल्ने क्रममा यस्तो बताएका हुन् । विश्वव्यापी आर्थिकमन्दी हुन नदिने अवस्था कसरी ल्याउन भन्ने आकलन गर्न गाह्रो भएको उनको भनाइ छ । चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेको छ । संक्रमण नियन्त्रण गर्न कयौं शहरमा कठोर खालको लकडाउन गरिएको आर्थिक वृद्धिको गति सुस्त हुने चिन्तामा बलियो बन्दै गइरहेको छ । मलपासको अभिव्यक्तिलाई विश्व अर्थतन्त्र खुम्चिने जोखिमसम्बन्धी पछिल्लो चेतावनीका रुपमा हेरिएको छ । ‘विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनहरूलाई हेर्दा... .. मन्दी कसरी छल्छौं भनेर हेर्न कठिन भएको छ,’ मालपासले भनेका छन्  । यद्यपि, विश्व अर्थतन्त्रमा कत्तिको संकुचन आउँछ भन्नेबारे चाँहि उनले केही पनि बताएका छैनन् । इन्धनको मूल्य दोब्बर हुन्छ भन्ने परिकल्पना नै आर्थिक मन्दी निम्त्याउन पर्याप्त कारक भएको उनले बताएका छन् । गएको महीना विश्व बैंकले यस वर्ष विश्वको आर्थिक वृद्धिको प्रक्षेपण एक प्रतिशत अंकले घटाएर ३ दशमलव २ प्रतिशतमा झारेको थियो । यूरोपका कयौं अर्थतन्त्रहरु रुसी तेल र ग्यासमा निर्भर छन् । तर यिनीहरुले निर्भरता कटौतीको योजना बनाएका छन् । रुसको ग्यास आपूर्ति कटौती गरेमा यूरोपेली क्षेत्रमा उल्लेख्य सुस्ती आउन सक्ने मालपासको भनाइ छ । इन्धनको उच्च मूल्यको कारण जर्मन अर्थतन्त्र यस अघि नै दबाबमा आइसकेको छ । शाङ्हाई समेत चीनका कयौं मुख्य शहरमा लकडाउनप्रति पनि उलने चासो देखाएका छन् । चीनको रियल इस्टेट क्षेत्र पहिलादेखि नै खुम्चिरहेको छ । यस्तोमा कोभिडका कारण लगाइएको लकडाउनले चीनको आर्थिक वृद्धिदरमा उल्लेख्य कमी ल्याउने देखिएको छ । एजेन्सीको सहयोगमा

दुई वर्षभित्र विश्वले आर्थिकमन्दी सामना गर्ने सिंगापुरका प्रधानमन्त्रीको चेतावनी

सिंगापुरका प्रधानमन्त्री ली सियन लोङले आगामी दुई वर्षभित्र विश्वले आर्थिक मन्दी सामना गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन्। मजदुर दिवसको सम्बोधनका क्रममा सियनले उच्च मुद्रास्फिर्ती कायम नै रहने भएकाले सिंगापुर थप आर्थिक चुनौती सामना गर्न तयार रहनुपर्ने बताए। पछिल्लो समय केन्द्रीय बैंकले नीतिहरुमा कडाई गर्न थालेका छन्। युक्रेनमाथि रुसी आक्रमणपछि कोभिड–१९पछिको आर्थिक पुनरुत्थान हुने […]

दुई वर्षभित्र विश्वले आर्थिकमन्दी सामना गर्ने सिंगापुरको चेतावनी

सिंगापुरका प्रधानमन्त्री ली सियन लोङले आगामी दुई वर्षभित्र विश्वले आर्थिक मन्दी सामना गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन्। मजदुर दिवसको सम्बोधनका क्रममा सियनले उच्च मुद्रास्फिर्ती कायम नै रहने भएकाले सिंगापुर थप आर्थिक चुनौती सामना गर्न तयार रहनुपर्ने बताए। पछिल्लो समय केन्द्रीय बैंकले नीतिहरुमा कडाई गर्न थालेका छन्। युक्रेनमाथि रुसी आक्रमणपछि कोभिड–१९पछिको आर्थिक पुनरुत्थान हुने सिंगापुरको ‘संयमित आसा’मा कालो बादल लागेको प्रधानमन्त्री लीले बताए। युद्धको कार