विश्वव्यापी रुपमा आर्थिक मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी

काठमाडौं । विश्व बैंकले रुस र युक्रेनबीच भएकाे युद्धका कारण विश्वव्यापी रुपमा आर्थिक मन्दी आउन सक्ने चेतावनी दिएको छ । दुई वर्ष भन्दा लामो समयदेखि कोरोना भाईरसँग जुध्ने क्रममा ठूलो आर्थिक क्षति व्यहोरिसकेको विश्वमा साे युद्धले मन्दी निम्त्याउन खतरा देखिएको विश्व बैंकको तर्क छ । युरोप, पूर्वी एशिया र अल्पविकसित देशहरूले यस्तो समस्या बढी झेल्नुपर्ने […]

सम्बन्धित सामग्री

आर्थिक मन्दी र सोच

सोचको शाब्दिक अर्थ मनमा उब्जने सामान्य विचार र उपायसँग मिले पनि यो एकदमै गहकिलो छ । झन्डै ५ वर्ष पहिले काठमाडौंमा भएको व्यावसायिक कार्यक्रममा एक विदेशी प्रशिक्षकले सयौं सहभागीलाई सोधेका थिए : संसारमा सबैभन्दा आत्मविश्वासी सोच भएको देश कुन हो ? हामी कसैले पनि नेपालको नाम लिएनौं, अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, जापान आदिका लियौं । उनका अनुसार अमेरिकी, यूरोपेली, चिनियाँ, जापानी, अस्ट्रेलियालीहरूले पनि यस्तै मिश्रित उत्तर दिन्छन् रे । फरक यत्ति हो, हामीले हाम्रो देशको नाम लिएनौं तर उनीहरूमध्ये केहीले आफ्नै देशको लिए । तर, उत्तर कोरिया एउटा यस्तो देश हो जहाँ सबै सहभागीहरूले आफ्नै देशको मात्र नाम लिए रे । संसारमा उँचो आत्मविश्वास भएको देशमा उत्तर कोरियालाई मान्दा आश्चर्य र हीनताबोध दुवै एकैचोटि लाग्यो । हामीमा हीनताबोध वा आत्मविश्वासको कमी हुनुको कारण हाम्रो शिक्षाप्रणाली र हाम्रा अग्रजहरूले हामीलाई सिकाएका कुराहरू नै हुन् । सानैदेखि हामीले नेपाल सानो, गरीब, अविकसित मुलुक हो भनेर सिक्यौं । अन्य देशसँग तुलना गर्ने आँट नै कहिल्यै गरेनौं । गरीबी, अशिक्षा, रोग, दु:ख आदि हाम्रो भाग्यमै छ भनेर नियति मान्यौं वा मान्न लगाइयो । सिंह जंगलको राजा भएको उसको आफ्नै सोचले हो । नत्र जंगलमा सिंहभन्दा बलियोमा हात्ती, बाठोमा स्याल, अग्लोमा जिराफलगायत कैयौं जनावर छन् । तर, कसरी सिंह जंगलमा राज गर्न सफल हुन्छ ? सिंहमा भएको सोचले उसले आफूलाई सबैभन्दा शक्तिशाली ठान्छ र जंगलको राजा बनाएको हुन्छ । संसारमा भएका सबै विकास सोचको उपज नै हो । वैज्ञानिकहरूले चन्द्रमा वा मंगल ग्रहमा पाइला टेक्नेदेखि तपाईं हामीले सामान्य दैनिकी चलाउनेसम्म यही सोचको उपज हो । सोचबाटै सबै कुराको शुरुआत तथा अन्त्य हुन्छ । एलन मस्क, मार्क जुकरवर्ग, ज्याक मादेखि नेपाली अर्बपति विनोद चौधरी सफल हुनुको कारण उनीहरूको व्यावसायिक सोच नै हो । संसारका सबै स्वास्थ्य मान्छेहरूको सोच खुशी हुनु नै हुन्छ । गहन अध्ययन गर्ने हो भने न धेरै सम्पत्ति न राम्रो स्वास्थ्यले मान्छेलाई खुशी बनाउँछ । मान्छे सबैभन्दा खुशी तब हुन्छ जब ऊ आफूमा जेजस्तो छ त्यसमै सन्तुष्ट हुन्छ । खुशी हुनु, दु:खी हुनु मान्छेको आआफ्नो सोचमा भर पर्छ ।  जीवन सरल छ, मात्र हामीले नजानेर यस्लाई साँचिकै गाह्रो बनाइदिन्छौं । यदि सोच नै सबै थोकको शुरुआत अनि अन्त्य हो भने, यदि सोच नै जीवनको सबै भन्दा खुशी हो भने, एक पैसा पनि नलाग्ने यस्तो सोच धनी, गरीब, रोगी, निरोगी, साना, ठूला, काला, गोरा हामी सबैले आफू खुशी भएको किन नसोच्ने ? जीवन जिउने कला नजान्दा हामी दु:खी छौं, निराश छौं । गीतामा भनेको जस्तो हामी रित्तै जान्छौं, मरी लानु केही छैन भनेर जान्दाजान्दै पनि तँ तँ र म म गर्छौं । राम्रो सोचे राम्रै हुन्छ, फूलको आँखामा फूलै संसार भने जस्तै फूल कि काँडा सोच्ने हाम्रो आफ्नै सोचमा भर पर्छ । खेलकै कुरा गर्दा क्रिकेटमा हामी भारत र पाकिस्तान, श्रीलंकाजस्ता विश्व क्रिकेटका च्याम्पियन भइसकेका शक्तिशाली टिमसँग राम्रै खेल्यौं । भर्खरै चीनमा भएको एशियन गेममा मंगोलियाविरुद्ध टी २० क्रिकेटमा सातओटा विश्व रेकर्ड नै बनायौं । अब विश्व च्याम्पियन हुने सोच बनाएर तयारी गरिरहने हो भने त्यो दिन धेरै टाढा हुने छैन । अहिले हाम्रो समाजमा आर्थिक मन्दीका बारेमा थाहा नभएको, नसोचेको मान्छे नै नहोला । आर्थिक मन्दी आउनुमा अन्य धेरै कारणका बारेमा हामी अत्यन्त जानकार छौं । धेरैले दिने दोष भनेको कोरोना, भूकम्प, रसिया र युक्रेनबीचको लडाइँ नै हो । अनि, अर्को एउटा चलन नै बनिसकेको छ : अस्थिर सरकार र व्याप्त भ्रष्टाचार । अहिले सहकारीमा आएको विकृति र समस्यालाई पनि औंल्याएको पाइन्छ । तर, हामी मध्ये कमैले महसूस गरेको सबैको सोचले नै मन्दी आउनुमा प्रमुख भूमिका खेलिरहेको कुरालाई नकार्न सकिँदैन । एक कान दुई कान मैदान भने जस्तै सबैले भनेकै कुराको पछि नलागेर आफ्नो बुद्धिविवेक प्रयोग गर्ने हामीमध्ये धेरैको बानी छैन । चौतर्फी अपार सम्भावना बोकेको मुलुकमा बसेर पनि मन्दीले यति साह्रो गाँज्नुमा तपाईं हाम्रो सोचले नै काम गरेको हो भन्न सकिन्छ । हरेक सूर्यास्तसँगै हजारौं नेपालीले आफ्नो राहदानीसँगै रंगीन सपना बोक्दै परदेशिनु परिरहेको छ । धेरै व्यवसायी आफू कसरी बाँच्ने भनेर रणनीति बनाइरहेका छन् । आजभोलि मान्छे निर्यात गर्ने व्यवसायी (शैक्षिक परामर्श र वैदेशिक रोजगार) बाहेक धेरैको मुहारमा खुशी भेट्न गाह्रो हुनुमा मन्दीकै असर परेको मान्न सकिन्छ ।  समाजकै मनोदशा बिग्रिएर भगवानै मान्ने डक्टरहरूलाई पनि दिनदिनै पिटिरहेको समाचार आइरहेका छन् । त्यसैले सोच बदलौं अनि अवस्था आफै बदलिन्छ । बैंकमा तरलता भएको अहिलेको अवस्थामा उद्यम गरौं, एकआपसमा आत्मविश्वास बढाऔं र यो मन्दीलाई सबै मिली परास्त गरौं । कृषि, पर्यटन र जलविद्युत्ले मात्रै पनि समृद्ध बनाउन सकिने देशमा सबैले सही सोच राखेर काम गर्ने हो भने हाम्रै पालामा संसारकै विकसित र समृद्ध देश नेपाल भनेर चिनाउन सकिन्छ । आजै सोचौं ।  लेखक नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष एवं मार्स एडभरटाइजिङ एन्ड रिसर्च प्रालिका प्रबन्ध निर्देशक हुन् ।

बढ्दो विश्व आर्थिक मन्दी: विकासशील देशहरू टाट पल्टिने खतरा

सन् २००८ देखि नै विश्वमा आर्थिक संकटका बाछिटाहरू फैलँदै गए । त्यसताका देखा परेको आर्थिक मन्दी रियलस्टेटको लगानीले सिर्जना गरेको बताइन्छ । रियलस्टेट उत्पादनमूलक क्षेत्र होइन, घरजग्गाको मूल्य बढ्दा बजारमा रियलस्टेटको कारोबार बढ्छ । तर यो निश्चित, सीमित र संकुचित दायरामा रहने हुँदा कारोबारको रकम आम नागरिकको हातमा पुग्दैन । यसले मुद्रास्फीति बढाउन मद्दत गर्छ […]

विश्व अर्थतन्त्रको मन्दीले त्रासमा वित्तीय क्षेत्र

१० माघ, काठमाडौं ।  विश्व अर्थतन्त्र मन्दीमा जाँदै गर्दा नेपालको वित्तीय क्षेत्रमा मन्दीको प्रभाव पर्नसक्ने त्रास देखिएको छ । नेपाल बैंकर्स संघले सोमबार आयोजना गरेको  अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सुनिल केसीले विश्वमा आर्थिक मन्दी आउँदै गर्दा त्यसको प्रभाव नेपालमा पनि पर्नसक्ने चिन्ता व्यक्त गरे । कोभिडपछि लयमा फर्किंदै गरेको पर्यटन व्यवसायमा विश्व अर्थतन्त्र मन्दीमा जाँदा प्रभाव […]

विद्यमान आर्थिक मन्दी र उन्मुक्तिको उपाय

विश्वमा सबैभन्दा पहिले सन् १९३० मा विश्व आर्थिक मन्दी देखा परेको थियो, जसले पूर्तिले मागको सिर्जना आफैं गर्छ भन्ने शास्त्रीय अर्थशास्त्री जेबी सेको सिद्धान्तलाई ओझेलमा पारिदियो । बजारमा अधिक उत्पादन देखा पर्‍यो, तर उपभोग बढ्न सकेन । उपभोक्ताले उपभोगप्रति चासो नै देखाएनन् । उपभोक्ताको खरिद क्षमता तीव्र दरमा घट्न पुग्यो । उत्पादित वस्तु गोदाममा थुप्रिन […]

विश्वमा आर्थिक मन्दी छाउने चेतावनी

काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष विश्वको एक तिहाइ अर्थतन्त्रले मन्दीको सामना गर्ने चेतावनी दिएको छ । कोषका प्रमुख क्रिस्टालिना जर्जिएभाले अमेरिका, युरोपेली युनियन र चीनको अर्थतन्त्रमा आएको मन्दीका कारण सन् २०२३ अघिल्लो वर्षभन्दा कठिन हुने चेतावनी दिनुभएको हो । युक्रेनमा जारी युद्ध, तीव्र गतिमा बढिरहेको महंगी, उच्च ब्याजदर र चीनमा कोरोनाको फैलावटले विश्व […]

आर्थिक, राजनीतिक र व्यवस्थापकीय कठिनाइबीच आयोजित पहिलो विश्वकप

काठमाडौं । सन् १९०४ मा विश्व फुटबल महासंघ (फिफा) स्थापना भएकै समयमा फुटबल विश्वकप आयोजना गर्ने घोषणा भएको थियो । तर, पहिलो प्रतियोगिता गर्न नै उनीहरुलाई २६ वर्ष लाग्यो । आर्थिक मन्दी, व्यवसायिक विश्वस्तरीय प्रतियोगितामा कम रुची तथा युरोप र अमेरिका जानआउन लामो समयको यात्रा गर्नुपर्ने बाध्यताका कारण शीर्ष युरोपेली देशहरुले विश्वकपमा सहभागी हुन अस्वीकार […]

विश्वव्यापी आर्थिक मन्दी आउनसक्ने विश्व व्यापार संगठनकी महानिर्देशकको चेतावनी

काठमाडौँ- विश्व व्यापार संगठन (डब्लूटीओ) ले विश्वव्यापी मन्दी आउनसक्ने संकेत दिएको छ । विभिन्न संकटका कारण देश विश्वको अर्थतन्त्र विश्वव्यापी मन्दीतर्फ अघि बढिरहेको डब्लूटीओकी महानिर्देशक न्गोजी ओकोन्जो इबेआलाले चेतावनी दिएकी हुन् । आर्थिक वृद्धिलाई पुनःजीवित पार्न क्रान्तिकारी नीतिका लागि उनले आह्वान गरेकी छिन् । युक्रेनमा जारी युद्ध, खाद्यान्नको बढ्दो मूल्य, उर्जाको मूल्यमा आएको उतारचढाव र […]

विश्व बैंकका अध्यक्षको चेतावनी : ‘विश्वव्यापी आर्थिक मन्दी रोक्न सकिँदैन’

जेठ, १३ काठमाडौं  । रुसले युक्रेनमा अतिक्रमण गरेसँगै  पछिल्लो समय विश्वभर महँगी बढेको छ । खाद्यान्नदेखि इन्धन र मलखादसम्म अधिकांश सामानको भाउ आकाशिएको छ । यसका कारण विश्वभर आर्थिक मन्दी निम्त्याउने र यसलाई रोक्न नसकिने बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकका अध्यक्षले चेतावनी दिएका हुन् । विश्व बैंकका प्रमुख डेभिड मालपासले बुधवार अमेरिकामा आयोजित एक व्यापारिक समारोहमा बोल्ने क्रममा यस्तो बताएका हुन् । विश्वव्यापी आर्थिकमन्दी हुन नदिने अवस्था कसरी ल्याउन भन्ने आकलन गर्न गाह्रो भएको उनको भनाइ छ । चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेको छ । संक्रमण नियन्त्रण गर्न कयौं शहरमा कठोर खालको लकडाउन गरिएको आर्थिक वृद्धिको गति सुस्त हुने चिन्तामा बलियो बन्दै गइरहेको छ । मलपासको अभिव्यक्तिलाई विश्व अर्थतन्त्र खुम्चिने जोखिमसम्बन्धी पछिल्लो चेतावनीका रुपमा हेरिएको छ । ‘विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनहरूलाई हेर्दा... .. मन्दी कसरी छल्छौं भनेर हेर्न कठिन भएको छ,’ मालपासले भनेका छन्  । यद्यपि, विश्व अर्थतन्त्रमा कत्तिको संकुचन आउँछ भन्नेबारे चाँहि उनले केही पनि बताएका छैनन् । इन्धनको मूल्य दोब्बर हुन्छ भन्ने परिकल्पना नै आर्थिक मन्दी निम्त्याउन पर्याप्त कारक भएको उनले बताएका छन् । गएको महीना विश्व बैंकले यस वर्ष विश्वको आर्थिक वृद्धिको प्रक्षेपण एक प्रतिशत अंकले घटाएर ३ दशमलव २ प्रतिशतमा झारेको थियो । यूरोपका कयौं अर्थतन्त्रहरु रुसी तेल र ग्यासमा निर्भर छन् । तर यिनीहरुले निर्भरता कटौतीको योजना बनाएका छन् । रुसको ग्यास आपूर्ति कटौती गरेमा यूरोपेली क्षेत्रमा उल्लेख्य सुस्ती आउन सक्ने मालपासको भनाइ छ । इन्धनको उच्च मूल्यको कारण जर्मन अर्थतन्त्र यस अघि नै दबाबमा आइसकेको छ । शाङ्हाई समेत चीनका कयौं मुख्य शहरमा लकडाउनप्रति पनि उलने चासो देखाएका छन् । चीनको रियल इस्टेट क्षेत्र पहिलादेखि नै खुम्चिरहेको छ । यस्तोमा कोभिडका कारण लगाइएको लकडाउनले चीनको आर्थिक वृद्धिदरमा उल्लेख्य कमी ल्याउने देखिएको छ । एजेन्सीको सहयोगमा

रुस-युक्रेन युद्धले आर्थिक मन्दी ल्याउने विश्व बैंकको प्रक्षेपण

काठमाडौं- विश्व बैंकले रुस–युक्रेन युद्धले केही देशमा प्रत्यक्ष आर्थिक मन्दी ल्याउने प्रक्षेपण गरेको छ । विश्व बैंकले रुस, युक्रेन, बेलारुस, किर्गिजस्तान, मोल्दोभा, र ताजिकिस्तानमा प्रत्यक्ष आर्थिक मन्दी आउने र अन्य देशहरूमा समेत आर्थिक वृद्धिदर संकुचन ल्याउनसक्ने प्रक्षेपण गरेको हो । बैंकले युद्धका कारण युरोप र मध्य एशियासँगै धेरै देशको आर्थिक वृद्धिदरलाई नकरात्मक असर पार्ने जनाएको छ […]