काठमाडौं – मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी भएको चार थान मोटरसाइकलसहित प्रहरीले उसलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका-४ घर भई हाल ललितपुर इमाडोल बस्ने २८ वर्षीय भुपेन्द्रबहादुर बुढामगर रहेका छन् । काठमाडौं महानगरपालिका–९ एयरपोर्टबाट पक्राउमा परेका भुपेन्द्र भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट एक […]