मोटरसाइकल चोरीमा संलग्न २ जना युवकलाई लमजुङ प्रहरीले काठमाडौंबाट मोटरसाइकलसहित पक्राउ गरेको छ । प्रहरीले सुन्दरबजार नगरपालिका-८ का १९ वर्षीय विशाल कुमाल र सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका-२ का २४ वर्षीय अनिश बानियाँलाई पक्राउ गरेको जनाएको छ ।