दुनै ः हिमपातका कारण प्राकृतिक नाकाबन्दीमा परेको उपल्लो डोल्पामा कुनै पनि उम्मेदवार भोट माग्न नआएको स्थानीयले बताएका छन्।उपल्लो डोल्पामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू भोट माग्न अहिलेसम्म नपुगेको डोल्पोबुद्ध गाउँपालिका–३ का प्रेमा धार्के लामाले बताए।‘यहाँका जनप्रतिनिधिलाई फोन गरेर भोट दिने वातावरण तयार गर्न उम्मेदवारहरूले आग्रह गरेको मात्र सुनिएको छ तर उम्मेदवारको अनुहार देखिएको छैन‚’ लामाले भने।उपल्लो डोल्पामा स्थानीय त