काठमाडौँ,१४ वैशाख । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तासँगै टोल–टोलमा चुनावी अभियान सुरु भएका छन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचार सामग्री, कार्यकर्ता तथा समर्थकसहित भोट माग्न थालेका छन् । उम्मेदवारी दर्तालगत्तै परिणाम आफ्नो पक्षमा पार्न दलहरुले निर्वाचन परिचालनका कार्यक्रम सार्वजनिक गरेका छन् । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा यतिबेला ठूला दलहरु केन्द्रित भएका छन् […]