काठमाण्डाै – रुसमा कोरोना भाइरसका कारण एकैदिन एक हजार जनाको ज्यान गएको छ । कोरोना भाइरसको महामारी सुरु भएपछि रुसमा एकैदिन एक हजार जनाको ज्यान गएको यो पहिलोपटक हो ।हिजो रुसमा एक हजार दुई जनाको ज्यान गएको र ३३ हजार दुई सय ८ जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ । पछिल्लो आँकडाले रुसकाे स्वास्थ्य प्रणाली थप बिग्रिएको पुष्टि हुँदै गएको खबरमा उल्लेख छ । रुसमा अहिले कोरोनाविरुद्धको खोप कार्यक्रम ठप्प जस्तै छ भने प्रतिबन्ध पनि खुकुलो पारिएको छ । रुसमा जम्मा ३१ प्रतिशतले मात्रै खोप लगाएका छन् ।सर...