काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब चुलो-चुलोमा ग्यास नभई चुलो-चुलोमा विद्युत पुर्याउने आफूहरुको लक्ष्य रहेको बताएका छन्।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागीले अघिल्लो चुनावमा गरेको वाचा सम्झाएपछि उनले यस्तो जवाफ दिएका हुन्। नाकाबन्दीमा ग्यासबाट पीडित भएको बेला चुला-चुलामा ग्यास भन्ने कुरा आएको…