युक्रेनमा रुसको प्रभाव

रुस र युक्रेनबीचको युद्ध लम्बिँदै जाँदा त्यसको प्रभाव विश्वव्यापी रूपमा परेको छ। युद्ध लम्बिनु राम्रो होइन तर युद्ध रोकिने सङ्केत देखिएन । युक्रेनले रुस र क्रिमिया जोड्ने पुल ध्वस्त पारिदिएपछि रुसले थप प्रतिशोधपूर्ण कारबाही गर्दा युक्रेनमा थप मानवीय र भौतिक क्षति भएको छ। अन्तर्राष्ट्रिय दबाब र आग्रहलाई बेवास्ता गर्दै रुसले युक्रेनको १५ प्रतिशत भू–भाग आफूमा विलय गराएको छ। युद्धका क्रममा रुसले कब्जा गरेका युक्रेनका चार प्रान्त लुहान्स्क, डोनेट्स्क, जापोरिजा र खेअर्सनमा कथित जनमत सङ्ग्रह गराई रुसले एकलौटी रूपमा ती प्रान्तलाई आफूमा विलय गराएको हो। विलय गराएका यी चार प्रान्तको क्षेत्रफल हङ्गेरी जत्रो छ। यो दोस्रो विश्वयुद्धपछिको ठूलो विलय हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चार प्रान्तका जनताको अभिमत र चाहनाअनुसार नै रुसमा गाभिएको दाबी गर्नुभएको छ।

सम्बन्धित सामग्री

एल निनोको असरले २० प्रतिशतसम्म बढ्न सक्छ चामलको भाउ !

काठमाडौं । चामलको भाउ बढ्ने प्रक्षेपण गरिएको छ । विश्वका सबैभन्दा धेरै धान फलाउने ६ देशमा उत्पादन कीर्तिमानी स्तरनजिक पुग्ने अनुमान आइरहेको भए पनि चामलको मूल्य अहिले ११ वर्षयताकै उच्च स्तर आसपास छ । यसको भाउ थप बढ्ने संकेत आइरहेको छ । विश्वको कुल चामल निर्यातको ४० प्रतिशत ओगटेको भारतले चामलको न्यूनतम समर्थन मूल्य बढाउँदैछ । गएको महीना सरकारले किसानहरूसँग नयाँ सिजनका लागि साधारण चामल किन्ने मूल्य ७ प्रतिशतले बढाएको थियो । योसँगै भारतबाट निर्यात हुने चामलको भाउ ९ प्रतिशतले बढेर ५ वर्षकै उचाइमा पुगेको छ । यो वर्ष सबैभन्दा धेरै धान फलाउने देशहरू बंगलादेश, चीन, भारत, इन्डोनेशिया, थाइल्यान्ड र भियतनाममा उत्पादन कीर्तिमानी उच्च स्तरनजिक उक्लिने प्रक्षेपण अमेरिकाको कृषि मन्त्रालयको छ । एल निनोको प्रभावले एशियामा कम पानी पर्ने अनुमान गरिएको छ । यसका कारण धानको उत्पादन प्रभावित हुन सक्ने बताइएको छ । संयुक्त राष्ट्र संघको कृषि संगठन एफएओका अनुसार अहिले नै विश्वभर चामलको मूल्य ११ वर्षयताकै उच्च स्तरमा छ । धान र चामलको मौज्दात पनि अहिले कम छ । यस्तोमा युक्रेनमा रुसको आक्रमण र अनियमित मौसमले आपूर्ति प्रभावित भएमा मूल्य झनै चर्किने अवस्था छ ।  भारत विश्वको सबैभन्दा सस्तो चामल आपूर्तिकर्ता हो । नयाँ न्यूनतम समर्थन मूल्यका कारण भारतीय चामलको भाउ बढेको छ । यस्तोमा अन्य आपूर्तिकर्ताहरूले पनि भाउ बढाउन थालेका छन् । एल निनोको प्रभाव धान खेती गर्ने सबै देशमा पर्नेछ । हालैका वर्षमा विश्वभर चिनी, मासु र अन्डाको भाउ बढेर कयौं वर्षयताकै उचाइमा उक्लिएको छ । घरेलु स्तरमा मूल्य बढ्न नदिन उत्पादक देशहरूले यी वस्तुको निर्यात घटाउँदा यसको असर विश्व बजारमा देखिएको हो । एशियामा धान राम्रै फल्ने अनुमान आइरहेको भए पनि एल निनोका कारण मुख्य धान उत्पादक देशहरूको उत्पादन प्रभावित हुने विश्वका केही शीर्ष ट्रेडिङ हाउसले बताइरहेका छन् । सीमित आपूर्तिका कारण अहिले नै विश्वभर चामलको भाउ बढिरहेको छ । धानको उत्पादन घट्यो भने भाउ झनै बढाउने ओलाम इन्डियाका चामल व्यवसायका उपाध्यक्ष नितिन गुप्ता बताउँछन् ।  अमेरिकी कृषि मन्त्रालयका अनुसार २०२३/२४ सिजनको अन्त्यसम्ममा विश्वको कुल चामल मौज्दात १७ करोड टन हुनेछ । यो ६ वर्षयताकै थोरै हो । हालैका वर्षहरूमा विश्वमा चामलको माग बढेको छ । तर, चीन र भारतजस्ता शीर्ष उत्पादक देशमा चामलको मौज्दात घट्दो छ । एल निनोका कारण उत्पादन प्रभावित भए चामलको भाउ २० प्रतिशतसम्मले बढ्न सक्ने अनुमानहरू आइरहेका छन् । एजेन्सी

विश्व बैंकले घटायो भारतको वृद्धि प्रक्षेपण

काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले भारतको आर्थिक वृद्धिको प्रक्षेपण घटाएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०२३/२४ भारतको अर्थतन्त्र ६ दशमलव ३ प्रतिशतले बढ्नेछ । यो अनुमान यसअघिको भन्दा शून्य दशमलव ३ प्रतिशत अंक कम हो । उच्च महँगी अनि बढ्दो कर्जा लागतका कारण निजी खपत सीमित बनेको भन्दै बैंकले भारतको वृद्धि प्रक्षेपण घटाएको हो । विकसित अर्थतन्त्रको कसिलो मौद्रिक नीति, चीनको कमजोर आर्थिक वृद्धिदर र युक्रेनमा रुसको आक्रमणको उल्लेख्य नकारात्मक प्रभावलाई भारतले सहन गरेको हो । यो वर्षको अहिलेसम्मको अवधिमा यी झट्काको प्रभाव उत्कर्षमा पुगेर कम हुँदै गएको छ । क्षेत्रीय आर्थिक अवस्था पनि सुध्रिएको छ । सन् २०२२ को उत्तरार्द्धदेखि नै व्यापार घाटा पनि कम हुँदै गएको छ । तर, यी यावत कुराहरू भइरहँदा पनि आर्थिक वृद्धिदर भने निरन्तर सुस्त नै रहने विश्व बैंकको भनाइ छ । उच्च स्तरमा रहेको महँगीका कारण निजी खपत घटेको अनि  फिस्कल कन्सोलिडेशनले सरकारी खर्च प्रभावित हुने अनुमानका कारण वृद्धि प्रक्षेपण घटाइएको हो ।  बैंकले भारतको आर्थिक वृद्धिको प्रक्षेपण घटाएको भएपनि विश्वको प्रक्षेपण बढाएको छ । अमेरिका समेतका अन्य प्रमुख अर्थतन्त्रहरू अघिल्लो प्रक्षेपणभन्दा उत्थानशील रहेकोतर्फ औंल्याउँदै बैंकले विश्वव्यापी वृद्धि प्रक्षेपण भने बढाएको छ । वित्तीय जोखिम विश्व अर्थतन्त्रमा कालो बादलको रूपमा रहेको भए पनि बैंकले सन् २०२३ को विश्वव्यापी वृद्धि प्रक्षेपण शून्य दशमलव ४ प्रतिशतले बढाएको छ । बैंकका अनुसार यो वर्ष विश्व अर्थतन्त्र २ दशमलव १ प्रतिशतले बढ्ने बैंकले आफ्नो पछिल्लो प्रतिवेदनमा बताएको छ । यसअघि जनवरीमा गरिएको प्रक्षेपणमा यो दर १ दशमलव ७ प्रतिशत मात्रै हुने भनिएको थियो । यद्यपि, वृद्धिको यो दर अघिल्लो वर्षको भन्दा कम हुनेछ । सन् २०२२ मा विश्व अर्थतन्त्र ३ दशमलव १ प्रतिशतले बढेको थियो । विश्वभर ब्याजदर उच्च रहँदा उदीयमान बजार र विकसित अर्थतन्त्रमा वित्तीय दबाबको जोखिम चर्किएको बैंकले प्रतिवेदनमा भनेको छ । सन् २०२५ मा विश्वको आर्थिक वृद्धिदर सुध्रिएर ३ प्रतिशतमा उक्लिने बैंकको अनुमान छ । विश्व अर्थतन्त्र आर्थिक मन्दीको संघारमा रहँदा विश्वको जीडीपी सुस्ताइरहेको जनवरीमा बैंकले चेतावनी दिएका थियो । तर, त्यसयता अमेरिकामा श्रम बजार मजबुत बन्यो भने खपत पनि अपेक्षा गरेभन्दा धेरै नै भयो । चीनको अर्थतन्त्र पनि कोभिडका कारण लगाइएको लकडाउनको प्रभावबाट छिट्टै उब्रियो । एजेन्सी

जी–सेभेन सम्मेलनमा पुटिनको नाङ्गो छातीको चर्चा, शीर्ष नेताले उडाए मजाक

जी सेभेन देशहरूको शिखर सम्मेलन जर्मनीमा हुँदैछ । सम्मेलनको पहिलो दिन, जुन २६ मा, ब्लकका सदस्य राष्ट्रका नेताहरूले युक्रेनमा रुसको आक्रमण, त्यसको बहुआयामिक प्रभाव र युक्रेनको अवस्थाबारे छलफल गरेका थिए ।यस क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘माचो इमेज’ पनि बैठक सुरु हुनुअघि नै छलफल भएको थियो ।आइतबार जी–सेभेन देशको बैठक सुरु हुँदा सबै नेता गोलमेचमा बसेका थिए । अन्तिममा बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आफ्नो कुुर्सीमा बसे ।कुर्सीमा बस्दै गर्दा जोनसनले साथी नेताहरूलाई ठट्टा

विश्व बैंकले सन् २०२२ को विश्वव्यापी वृद्धि प्रक्षेपण २ दशमलव ९ प्रतिशतमा घटायो

विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २ दशमलव ९ प्रतिशतमा घटाएको छ । जुन जनवरीको प्रक्षेपणभन्दा १ दशमलव २ प्रतिशतले कम रहेको छ । रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा प्रभाव पारेको विश्व बैंकले जनाएको छ । युक्रेनमा रुसको आक्रमण र रुसमाथि पश्चिमा देशको प्रतिबन्धले अन्न र तेलको मूल्य विश्वव्यापी रूपमा बढेको छ । विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा दुई देशको युद्धसँगै चीनमा भएको लकडाउन, आपूर्ति–शृङ्खलामा देखिएको अवरोध र मुद्रास्फीतिको जोखिमले आर्थिक वृद्धिलाई जटिल ब...

युक्रेनमा ठूला देशहरूले गर्न नसकेको काम भारतले गरेको छ : प्रधानमन्त्री मोदी

युक्रेन संकटका बेला भारतले जसरी अपरेशन गंगा चलाएर आफ्ना नागरिकलाई युद्ध क्षेत्रबाट बाहिर निकालिरहेको छ, त्यो भारतको बढ्दो प्रभावको प्रमाण भएको प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।मोदी आइतबार महाराष्ट्रको पुणेस्थित सिम्बायोसिस विश्वविद्यालयको स्वर्ण जयन्ती समारोहमा पुगेका थिए । यस क्रममा उनले भारतको प्रभाव र युक्रेनमा रुसको आक्रमणका कारण फसेका भारतीयहरुलाई फिर्ता ल्याउने कुरा उल्लेख गरेका थिए । मोदीले भने, 'विश्वका ठूला देशहरूले यो कुरा गर्न धेरै समस्याहरू सामना गरिरहेका छन्। तर भारतको