युक्रेनको सेभेरोदोनेत्स्क सहरमा फसेका नागरिकको उद्धारमा कठिनाइ

पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क सहरमा हजारौँ नागरिक फसेका र उनीहरूको उद्धारमा कठिनाइ देखिएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । युद्धका क्रममा सहरलाई जोड्ने सबै पुल ध्वस्त पारिएकाले झन्डै १२ हजारलाई बाहिर निकाल्न मुस्किल भएको राष्ट्र सङ्घको भनाइ छ । युद्धग्रस्त क्षेत्रमा फसेकामध्ये धेरैजसो  अजोत केमिकल कारखानाभित्र रहेका छन्।   धेरैजसो क्षेत्र रुसी सेनाको कब्जामा रहेको सेभेरोदोनेत्स्कमा खानेपानी र सरसफाइ ठूलो चुनौती देखिएकाले त्यहाँका मानिस कतिसम्म पानी विना बाँच्न सक्छन भन्ने चिन्ता बढेको राष्ट्र सङ्घको मानवीय स...