कास्कीको लुम्ले र जुमलेपाटीमा भारी वर्षा, बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौँ । कास्कीको लुम्ले र जुमलेटीमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको बाढी सूचना केन्द्रले आज (आइतबार) बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिँदै आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बाढी सूचना केन्द्रका अनुसार […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा भारी वर्षा

सिन्धुपाल्चोक :  जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको चौतारा, काभ्रेपलाञ्चोकको पाँचखाल, खोपासी र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको छ।पछिल्लो एक घण्टामा खोपासीमा ४५.२ मिलिमिटर वर्षा भएको छ्। त्यस्तै चौतारामा ४४ तथा पाँचखालमा ३०.४ मिलिमिटर वर्षा भएको छ। वर्षा भइरहेका स्थानका चाँखोला, झिकुखोला, रोशी खोला, इन्द्रावती लगाएत सो क्षेत्र भइ बहने स–साना नदीहरूमा बहाव बढ्ने भएकाले उच्च सतर्कता अपनाउन अपिल गरिएको छ।

काठमाडौं र भक्तपुरमा रातभर भारी वर्षा, खोलामा बाढी कायमै

गएराति काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भारी वर्षा भएको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतका विभिन्न क्षेत्रमा भारी वर्षा भएको हो । जसको प्रभावले आज विहान पनि पुण्यमति, हनुमन्ते, मनोहरा र वाग्मतीमा पानीको बहाव उच्च  देखिएको छ । यी नदी किनारमा रहेका बस्तीमा रातभर उच्च सतर्कता अपनाइएको थियो । कतिपय बस्तीमा पनी पसे पनि ठूलो क्षति भने पुगेको छैन । काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कायमै रहेकोले खोला किनारका बस्तीमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह

सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा आकस्मिक बाढीको सम्भावना

काठमाडौँ । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नाकोते र आसपासमा भारी वर्षा मापन गरिएको छ ।  पछिल्लो ६ घण्टादेखि भारी वर्षा मापन भइरहेको जल तथा मौसम विभागले जनाएको छ ।  विभागका अनुसार मेलम्ची नदी नाकोतेको जलसतह बढ्दो छ ।  सिन्धुपाल्चोकको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । […]

आजको मौसम : यी स्थानमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका केही स्थानहरूमा गए राति भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाको दमक, उर्लाबारी, शनिश्चरे आसपास भारी वर्षा भएको छ । मेची विरिङ, निन्दा, रतुवालगायत साना खोलामा बाढीको जोखिम छ । नदी तटीय तथा डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको […]

तीन दिन उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन् । बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका हुन् ।उनले आगामी तीन दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताए ।  उनले विभागले मौसम सम्बन्धी निकाल्ने

इलाम, झापा र मोरङका धेरै स्थानमा भारी वर्षा, नदी वरपर उच्च सतर्कता अपनाऔं

काठमाडौं।बाढी पूर्वानुमान महाशाखाले अहिले इलाम, झापा र मोरङमा भारी वर्षा भइरहेकोले नदी तथा खोला वरपरका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखालेसूचनामा भनेको छ, “हाल इलाम, झापा,मोरङको धेरै स्थानमा भारी वर्षा र थप वर्षा हुने,मेची, विरिङ, निन्दा,कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा,बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने, होचा स्थानमा डुबान हुन सक्ने, रातिसम्म उच्च सतर्कता अपनाऔं।”