काठमाडौँः ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई बिहीबारदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ जिल्लामा खोप कार्यक्रम सञ्चालन हुनेछ।
पहिलो चरणमा असार ९ देखि १५ सम्म खोपको पहिलो मात्रा र साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा दिइने छ।
मन्त्रालयका अनुसार प्रदेश १ झापा, इलाम,…