प्याब्सनको माग : खोप लगाएका विद्यार्थीलाई अध्यापन गर्न देऊ

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले खोप लगाएका विद्यार्थीलाई भौतिक उपस्थितिमा माघ २३ पछि अध्यापन गर्न दिन सरकारसँग माग गरेको छ।प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटेर यस्तो माग गरेको जानकारी दिए।उनले खोप लगाइसकेका विद्यार्थीका हकमा स्कुलमा कक्षा सञ्चालन गर्न पाउनुपर्ने माग गरेको बताए।उनले भने, ‘कोभिड-१९ को खोप लगाइसकेकालाई धेरै जोखिम हुन्न, त्यसैले उनीहरूको हकमा कक्षामा नै प

सम्बन्धित सामग्री

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन्।

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा काठमाडौँ महानगरपालिकाले यसअघि खोप लगाउन छुटेका बालबालिकालाई यही माघ १५ गतेदेखि कोरोना विरुद्धको खोप कार्यक्रमअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहलाई सहभागि गराएका छन् । सोहीअनुरुप १७ वर्ष पूरा भएका र १८ ननाघेका बालबालिकाले पनि आफूहरुलाई खोप उपलब्ध गराउन माग गरिरहेक

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन्।...

परीक्षामा मामेल हुने विद्यार्थीलाई पनि खोप लगाउन माग

संयुक्त विद्यार्थी संगठनले परीक्षामा सहभागी विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । विद्यार्थी नेताहरुले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षाम सहभागी विद्यारर्थीलाई छिटोभन्दा छिटो खोप...

दुग्ध क्षेत्रमा संलग्नलाई खोप दिन माग

दुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदुरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् । सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोसिएसन नेपालले खोपको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै तत्काल दुग्ध क्षेत्रका मजदूर, उद्योगी तथा व्यवसायी र किसानलाई खोप दिन माग गरेको हो । “दुग्ध व्यवसाय अति संवेदनशील अत्यावश्यक वस्तुभित्र रहेको र दैनिक जोखिम मोल्दै अग्रपङ्क्तिमा रही बजारलगायत भीडभाडमा काम गर्नुपर्ने हुन्छ ।  पहिलो प्र

गर्भवती महिलाहरुलाई पनि कोरोना खोप लगाउन माग

नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज नेपाल (नेसोग)ले गर्भवती र स्तनपान गराइरहेका महिलाहरुलाई पनि तत्काल कोरोना खोप लगाउन सरकारसँग माग गरेको छ । नेपालमा पछिल्लो समय गर्भवती महिलाहरूमा समेत यस संक्रमणले गम्भीर रुप देखाइरहेको दाबी गर्दै नेसोगले तत्काल कोरोना खोप लगाउन माग गरेको हो ।शनिबार नेसोगका अध्यक्ष प्रा.डा.गणेश दंगालले एक विज्ञप्ति जारी गरी हालसम्मको अध्ययनअनुसार कोरोना खोपले गर्भमा रहेका शिशुहरूलाई कुनै असर नगर्ने देखिएकोले गर्भवती महिलाहरुलाई खोपको प्रबन्ध गर्न आग्रह गरेका छन् ।वि

उद्योगी/व्यवसायीलाई खोप दिन चेम्बरको माग

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले उद्योगी/व्यवसायीलाई कोरोनाविरुद्धको खोप दिन माग गरेको छ। चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै व्यवसायीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको हो। मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यवसाय सञ्चालन गर्नका लागि उद्योगी व्यवसायीलाई खोप चाहिने चेम्बरको निष्कर्ष छ।

तत्काल खोप व्यवस्था गर्न माग

कास्की। पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन्। पाँच राजनीतिक दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम भएकाले जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन्। कांग्रेस, माओवादी केन्द्र,एमाले,जसपा राष्ट्रिय जनमोर्चा कास्कीले कोरोना महामारीले सबै गतिविधि ठप्प भएका कारण खोप पहिलो आवश्यकता भएको बताएका छन्।

खोप उपलब्ध गराउन दाङका व्यवसायीहरुको माग

दाङ : उद्योगी, व्यवसायीहरूले तत्काल कोरोनाविरुद्धको खोप व्यवस्था गर्न माग गरेका छन्। तुलसीपुर उद्योग वाणिज्य संघले महामारीमा अत्यावश्यक सेवा प्रवाह गरिरहेका व्यक्तिहरूलाई खोप लगाउन लुम्बिनी प्रदेश सरकारसँग माग गरेको हो।सोमबार  संघका अध्यक्ष रामप्रसाद चालिसेको अगुवाइमा बुटवल पुगेको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल समक्ष उक्त माग गरेको हो। साथै, संघले मुख्यमन्त्री समक्ष तुलसीपुरलगायत पश्चिम  दाङको आर्थिक समृद्धि र विकासका मागहरूसहितको अनुरोधपत्र समेत पेश गरेको छ। उक

कोरोना खोप रोक्नेलाई कारबाही गर्न राप्रपाको माग

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कमिसनको खेलमा कोरोना खोप रोक्नेलाई कारबाही गर्न माग गरेका छन्। खोप रोकिनु दुर्भाग्यपूर्ण भन्दै उक्त कार्यमा संलग्नहरुलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन्। कोरोनाले अकालमा ज्यान गुमाउनु परिरहेको बेला राजनीतिक नेतृत्वले आफ्नो भाग कमिसन खोजेको कारण विवाद भइ खोप आयात रोकिएकाले त्यस कार्यमा संलग्नलाई कारबाही गर्न माग गरेको बताइएको छ।