सर्वोच्चका न्यायाधीश नआउने भएपछि सर्‍यो महाभियोग समिति बैठक

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरू नआउने भएपछि संसद्को महाभियोग शिफारिस समिति बैठक सरेको छ। आज बिहान ८ बजेदेखि बस्ने तय गरिएको बैठक सरेको हो। अब महाभियोग समितिको बैठक आजै दिउँसो १ बजे बस्ने समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए। महाभियोग समितिले आज दिउँसो १ बजे चार जना पूर्व न्यायाधीशहरूलाई बैठकमा बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]

सम्बन्धित सामग्री

सर्वोच्चका न्यायाधीश बयान दिन नजाने

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले महाअभियोग सिफारिस समितिमा बहालवाला न्यायाधीशहरु जानु संविधानसम्मत नभएकाले नजाने निर्णय गरेको छ । कामु प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशसहितको आज बसेको फुलकोर्टले नेपालको संविधान र स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जानु उपयुक्त नभएको निर्णय गरेको सर्वोच्च अदालतका कामु रजिष्ट्रार नारायणप्रसाद पन्थीले जानकारी दिनुभयो । महाभियोग सिफारिस समितिले अनुसन्धानका लागि निलम्बित …

सर्वोच्चका न्यायाधीश श्रेष्ठले लिए गोपनियताको सपथ

काठमाडौँ- सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार आज सर्वोच्चमा कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूको उपस्थितिमा कामू प्रधानन्यायधिश दीपक कुमार कार्कीले श्रेष्ठलाई सपथ खुवाएका हुन्। कार्यक्रममा सर्वोच्चका अन्य न्यायाधिश लगाएतको उपस्थिति रहेको थियो । यसअघि मंगलबार हिजो संसदीय समितिबाट नाम अनुमोदन भए लगत्तै श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीशमा नियुक्त […]

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले लिए शपथ

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सफल लिएका छन् । न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष शपथ दिएका हुन् । न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गरेकी थिइन् । यसअघि श्रेष्ठ उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश थिए ।

सर्वोच्चका न्यायाधीश खड्का र सिंहलाई कारबाही गर्न माग गर्दै राणा समक्ष उजुरी

काठमाडौँ – सर्वोच्च अदालतका दुई जना न्यायाधीशलाई कारबाहीको माग गर्दै न्याय परिषदमा उजुरी परेको छ। कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धिकरण अभियानका संयोजक अधिवक्ता शिव सत्यालले न्याय परिषदमा उजुरी दर्ता गराएका हुन्। अभियानका तर्फबाट सत्यालले सर्वोच्चका न्यायाधीश मिरा खड्का र प्रकाशमान सिंह राउतमाथि छानबिन गरी कारबाही गर्न कारबाही माग गर्दै परिषदका अध्यक्ष प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]

आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन प्रधानन्यायाधीशको आग्रह

उनले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयम सुधारका लागि तयार गरेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएको बताएका छन्।...

सर्वोच्चका न्यायाधीश विभाजित, थप दुई न्यायाधीश पनि फर्किए इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजनिामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका तीनजना न्यायाधीश सोमवार मुद्दा सुनुवाइमा सहभागी भएका छन् । बन्दीप्रत्यक्षीकरणको रिटमात्र सुनुवाइ गर्ने बताएका न्यायाधीशहरूले जबराले आफ्ना लागिसमेत इजलास तोकेपछि बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए । तर, न्यायाधीशहरू कुमार चुडाल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी इजलास फर्किएर मुद्दा […] The post सर्वोच्चका न्यायाधीश विभाजित, थप दुई न्यायाधीश पनि फर्किए इजलास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सर्वोच्चका न्यायाधीश : खप्तडदेखि अमेरिकासम्म

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच लफडा चलिरहेका बेला केही न्यायाधीशहरु भने खप्तडदेखि अमेरिकासम्मको भ्रमणमा निस्किएका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार हाल न्यायाधीशद्वय सपना मल्ल प्रधान र अनिलकुमार सिन्हा खप्तड भ्रमणमा छन् ।उनीहरु पूर्व निर्धारित कार्यक्रम अनुसार नै खप्तड भ्रमणमा निस्किएको बुझिएको छ । त्यस्तै अर्का न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् । न्यायाधीश नहकुल सुवेदी सोमबार आकस्मिक विदामा बसेका छन् । तेजबहादुर केसी र डा.कुमार चुडाल पनि विदामा बसेका छन् ।&n

प्रधानन्यायाधीशले पेशी तोकेपछि सर्वोच्चका न्यायाधीश छलफलमा

काठमाडौँ – विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको पेशीअनुसारको इजलासमा बस्ने नबस्नेबारे न्यायाधीशहरु छलफलमा जुटेका छन्। सर्वोच्चका १४ न्यायाधीशले आइतबार प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिष्कार गर्ने बताएका थिए। यस्तै उनीहरुले प्रधानन्यायाधीश राणाले तोकेको पेशीअनुसारको इजलासमा पनि नबस्ने संकेत गरेका थिए। सोमबार प्रधानन्यायाधीशसहित १३ जना न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित भएका छन्। नियमित जस्तै प्रधानन्यायाधीश राणाले पेशी […]

सर्वोच्चका न्यायाधीश फुलकोर्ट बैठकमा उपस्थित नहुने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा अरु न्यायाधीशहरु अनुपस्थित हुने भएका छन् । आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति गरेको हो ।