प्रधानन्यायाधीशले पेशी तोकेपछि सर्वोच्चका न्यायाधीश छलफलमा

काठमाडौँ – विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको पेशीअनुसारको इजलासमा बस्ने नबस्नेबारे न्यायाधीशहरु छलफलमा जुटेका छन्। सर्वोच्चका १४ न्यायाधीशले आइतबार प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिष्कार गर्ने बताएका थिए। यस्तै उनीहरुले प्रधानन्यायाधीश राणाले तोकेको पेशीअनुसारको इजलासमा पनि नबस्ने संकेत गरेका थिए। सोमबार प्रधानन्यायाधीशसहित १३ जना न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित भएका छन्। नियमित जस्तै प्रधानन्यायाधीश राणाले पेशी […]

सम्बन्धित सामग्री

सर्वोच्चले स्थगित गर्यो एआइजी बढुवाविरुद्ध रिटको सुनुवाइ

काठमाडौं : सर्वोच्च अदालतले नेपाल प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ सोमबार स्थगित गरेको छ।अन्तरिम आदेश दिने वा नदिने सम्बन्धमा आजका लागि तोकिएको पेशी सर्वोच्चले स्थगित गरेको हो। आज दुवै पक्षलाई छलफलमा बोलाएको भए पनि सर्वोच्चले पेशी स्थगित गरेको हो। सर्वोच्चका न्यायाधीश डा कुमार चुडालको एकल इजलासले एआइजी बढुवासम्बन्धी निर्णयविरुद्ध परेको रिटमा गत मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित आज छलफलका लागि दुवै पक्षल