टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड नाघ्यो

     नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड नाघेको छ । चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको टेलिकमले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक गरेको प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  अघिल्लो महिना अर्थात २०७८ फाग

सम्बन्धित सामग्री

टेलिकमका फोरजी ग्राहक एक करोड नाघे

नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोडभन्दा बढी पुगेको कम्पनीले जनाएको छ । २०७८ चैतको विवरणअनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९ सय ७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५ सय ८० रहेको टेलिकमको तथ्यांक छ ।

नेपाल टेलिकमको फोरजी ग्राहक संख्या एक करोड नाघ्यो

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड नाघेको छ । २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको कम्पनीले जनाएको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० […]

जनसंख्याको ८८ प्रतिशतमा इन्टरनेटको पहुँच

काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ता २ करोड ६३ लाखभन्दा बढी पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ८ महीनाको तथ्यांकले कुल २ करोड ६३ लाख ५६ हजार जनाभन्दा बढीको पहुँचमा इन्टरनेट सेवा पुगेको देखाएको छ, जुन जनसंख्याको ८८ दशमलव २१ प्रतिशत हो । प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०)को आधारमा प्रतिवेदन तयार पारेको हो । सो अनुसार प्रतिवेदन बनाउँदा नेपालको कुल जनसंख्या २ करोड ९८ लाख ७६ हजारलाई आधार मानिएको छ । प्राधिकरणको तथ्यांकअनुसार गत माघको तुलनामा फागुनमा ९ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । गत माघमा २ करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो । इन्टरनेटमा सबैभन्दा धेरै योगदान मोबाइल डेटाको रहेको छ, जसको हिस्सा ६४ दशमलव शून्य ८ प्रतिशत छ । १ करोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्रीजी इन्टरनेट पुगेको छ, जसमध्ये सबैभन्दा धेरै नेपाल टेलिकमका ९० लाख ९४ हजार र एनसेलका २४ लाख ७० हजार प्रयोगकर्ता रहेको उल्लेख छ । गत माघसम्ममा मोबाइल इन्टरनेटका प्रयोगकर्ता १ करोड १३ लाख ५१ हजार रहेका थिए । त्यस्तै, फोरजीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेका छन् । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनीमध्ये सबैभन्दा धेरै ग्राहक एनसेलका छन् । ८ महीनामा एनसेलका फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ जना पुगेका छन् । माघको तुलनामा फागुनमा कम्पनीको फोरजी इन्टरनेट प्रयोगकर्ता ५ लाख ३० हजार ८०६ जना बढेका हुन् । यस्तै सोही अवधिमा नेपाल टेलिकमको फोरजीका ग्राहक २५ लाख ८९ हजार २९४ जना पुगेका छन् । गत माघको तुलनामा फागुनमा ४४ हजार ५७० जना बढेका हुन् । यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख २३ हजार १४५ जना पुगेका छन् । गत माघको तुलनामा फोरजीका ग्राहक एक हजारले मात्र बढेका छन् । सोही अवधिमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको हिस्सा २२ दशमलव ३५ प्रतिशत रहेको छ । यसमा एडीएसएलका ८ लाख १२ हजार र एफटीटीएच इन्टरनेटका ५९ लाख ४२ हजारभन्दा बढी छन् । रासस