नेपाल टेलिकमको फोरजी ग्राहक संख्या १ करोडभन्दा बढी, इन्टरनेट तथा गुणस्तरीय भ्वाइस कल सुविधा

जेठ ७, काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोडभन्दा बढी पुगेको छ । कम्पनीका अनुसार २०७८ चैत महीनासम्ममा  फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो । उक्त अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको एनटीसीको तथ्यांक छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक रहेको कम्पनीले बताएको छ । अघिल्लो महीना अर्थात् २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ रहेको थियो । कम्पनीले मुलुकमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट शुरु गरेको फोरजी/ एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको बताएको छ । ‘फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड सेवा पनि चल्ने हुनुर्पछ र फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी छ,’ विज्ञप्तीमा भनिएको छ, ‘आफ्नो मोबाइल फोनबाट *444‍#  डायल गरी प्राप्त निर्देशन अनुरुप फोरजी सेवा प्रयोग गर्न सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र फोरजी एक्टिभेट गरी सेवा सुचारु समेत गर्न सकिन्छ ।’ कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १ हजार ८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुने बताएको छ । मोबाइल इन्टरनेटको क्षेत्रमा एलटीई भनिने फोरजी प्रविधि मोबाइलमार्फत उच्च गतिको इन्टरनेटका साथै उच्च गुणस्तरको भ्वाइस कल सेवा पनि उपयोग गर्न सकिने अत्याधुनिक प्रविधि हो । यसबाट तीब्र गतिको इन्टरनेट प्राप्त हुने भएकाले गुणस्तरीय श्रव्य–दृश्य सामाग्रीहरु, गेम लगायत बढी ब्याण्डविथ आवश्यक हुने सामग्रीहरु सजिलै प्रयोग गर्न सकिने पनि कम्पनीले बताएको छ।

सम्बन्धित सामग्री

चाड-पर्व विशेष अफरमा नमस्ते भर्सेस एनसेल

हरेक वर्ष दशैं, तिहार तथा छठजस्ता पर्व लक्षित अफर ल्याउन  नेपालका दुई ठूला दुरसञ्चार (टेलिकम्युनिकेशन) सेवा प्रदायक नेपाल टेलिकम र आजियाटाबीच प्रतिष्पर्धा हुने गरेको छ । नेपाल टेलिकमले नमस्ते र अजियाटाले एनसेल ब्राण्ड नाममा सेवा प्रदान गर्दै आएका छन् । यो वर्ष पनि यी दुई दुरसञ्चार सेवा प्रदायकले प्रतिस्पर्धी अफर ल्याएका छन् । सरकारी–सार्वजनिक स्वामित्वमा रहेको नेपाल टेलिकम र निजी दुरसञ्चार कम्पनी एनसेलले दशैं तिहारकै अवसरमा आ–आफ्ना ग्राहकमाझ भ्वाइस कल, इन्टरनेट तथा विविध दु

टेलिकमले ल्यायो ५५ रुपैयाँमा दुई जीवी डाटा

काठमाडौं। नेपाल टेलिकमले इन्टरनेट प्रयोगकर्ताको लागि समर अफर ल्याएको छ। कम्पनीले यसभन्दा अघिका अधिकांस सुविधालाई निरन्तरता दिँदै प्रतिदिन ५५ रुपैयाँमा २ जीबी डेटा प्रयोग गर्न सकिने सुविधा ल्याएको हो। त्यसैगरी, टेलिकमले सञ्चालनमा ल्याएको भ्वाईस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोग गर्न चाहने ग्राहकका लागि एक पटकका लागि उपलब्ध हुने १०० मिनेट निःशुल्क भ्वाइस कल सुविधालाई यथावत राखेको छ।

एसईईका विद्यार्थीलाई टेलिकमको अफर, सिम कार्ड र मासिक ३ हजार एमबी डाटा निःशुल्क

काठमाण्डौ – नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुका लागि आकर्षक प्याकेज सार्वजनिक गरेको छ ।  टेलिकमले एसईईमा सहभागी विद्यार्थीलाई निःशुल्क सिम कार्ड र सीमित भ्वाइस कल तथा इन्टरनेट डाटा प्याक पनि निःशुल्क दिनेछ । कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपल...