प्रधानन्यायाधीशलाई बाहेक गरेर संवैधानिक इजलास गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध कानुन व्यवसायीले भ्याकेट निवेदन हालेका छन् । शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा भ्याकेट निवेदन लगेका हुन् । अदालत प्रशासनले दर्ता अघि सो निवेदन अध्ययन गरिने जानकारी दिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले रातोपाटीलाई बताए ।विहीबार न्यायाधीश हरि फुयाँलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्ति विरुद्धको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा