पदमुक्त भएकी प्रभु साह पत्नी रीना साहसहित १४ जनप्रतिनिधिको पक्षमा अन्तरिम आदेश

काठमाडौं, १५ असार । पदमुक्त भएकी मेयर रीना साहसहित १४ जना जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आज न्यायाधीश कुमार चुँडालको एकल इजलासले नेकपा माओवादी केन्द्र त्यागेका जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्णयबारे उक्त आदेश दिएको हो । सर्वोच्चको आदेशले जनप्रतिनिधिहरुको पदमुक्तीले स्थानीय तहको कामकारबाहीमा अपुरणीय क्षति […]

सम्बन्धित सामग्री

माओवादी छाडेका चार नेताको पक्षमा सर्वोच्चले अन्तरिम आदेश दिएन

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चार नेताको पक्षमा कारण देखाउ र अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।आफूहरू माओवादी केन्द्रमै रहेको भन्दै सर्वोच्च पुगेका प्रभु साह, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र लेखराज भट्टको पक्षमा उक्त आदेश जारी नहुने आदेश अदालतले जारी गरेको हो ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार यस्तो […]

पूर्वमाओवादी नेताको पक्षमा अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार

काठमाण्डाै – सर्वोच्च अदालतले माओवादी केन्द्रको कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका चार जना नेताको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आज साेमवार रिटमाथि सुनुवाइ गर्दै कारबाही अघि माओवादी केन्द्रले पूरा गरेको प्रक्रिया र निवेदकहरूले नेकपा एमालेमा सहभागी भइ गरेका क्रियाकलापका आधारमा अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको बताएको छ ।सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीले माओवादी केन्द्रले आफूहरूमाथि गरेको कारबाही...

माओवादीका चार नेता एमालेमा प्रवेश गरिसकेको सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट एमालेमा गएका चार सांसदकाे पक्षमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । आफूहरू माओवादीमा हुँदाको सांसद पद पुनर्बहाली गरीपाऊँ भन्दै एमाले नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।  उक्त रिटमाथि सुनुवाई गर्दै सोमबार न्यायाधीश...

माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका चार नेता सांसद नरहने (आदेशसहित)

काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरलिे सांसद पदमा पूनर्वहाली गर्न माग गर्दै हालेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । अदालतको आदेशअनुसार अब सांसद नरहने भएका हुन् ।

४ माओवादी नेताको सांसद पद जोगिएला त ?

काठमाडौं।माओवादी केन्द्रले कारबाही गरेपछि सांसदबाट पदमुक्त भएका चारजना नेताको रिट आज पेसीमा चढेको छ।उनीहरुको पेसी वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा सुनुवाइ हुने भएको छ।टोपबहादुर रायमाझी,लेखराज भट्ट,प्रभु साह र गौरीशंकर चौधरीले बुधबार रिट दर्ता गरेका थिए।उनीहरुले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन्।