खडेरीका कारण धानको ब्याडमा समस्या, बेलाबेला पानी राख्न विज्ञको सुझाव

काठमाण्डाै - धानको ब्याडमा धाँजा फाट्न थालेपछि किसान निराश भएका छन् । गर्मी बढेको र पानी पर्न नसकेका कारण किसानलाई ब्याड कसरी जोगाउने भनेर चिन्ता थपिएको छ । सामान्यतया जेठ अन्तिमतिर नेपालमा मनसुनी गतिविधि भित्रिनु पर्ने हो । तर यसपालि असार पहिलो हप्ता मात्रै मनसुन भित्रिन सक्ने अनुमान छ । पानी नपरेको क्षेत्र मुख्य गरी तराईमा धानको ब्याड राख्न समस्या भएको छ । राखेको ब्याडमा पनि धाँजा फाट्न थालेको छ । ब्याड चिराचिरा पर्ने र यसले बिरुवा सुक्ने समस्या छ । अहिले धानको ब्याडमा खडेरीले समस्या पारेको र स्रोत भएसम्म पानीको व्...

सम्बन्धित सामग्री

जलवायु वित्तको मुद्दा उठाउन सरकारलाई विज्ञको सुझाव

काठमाडाैं । विज्ञहरुले जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा जलवायुजन्य विपदका कारण हुने गैरआर्थिक हानी नोक्शानीको विषयलाई पनि सम्बोधन गर्नुपर्ने बताएका छन् । साथै वित्त परिचालन गर्नुपर्ने एजेण्डालाई प्राथमिकताका साथ उठाउन समेत विज्ञहरुले सुझाव दिएका हुन् । आगामी आइतबारदेखि इजिप्टमा सुरु हुने जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघीय महासन्धि युएनएफसीसीका पक्ष राष्ट्रहरुको २७ औं सम्मेलनमा जलवायुजन्य विपदका कारण […]

स्वास्थ्य सावधानी अपनाउन विज्ञको सुझाव

मौसम अनुकूल नहुँदा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरुले विशेष सतर्कता अपनाउन जोड दिएका छन् । जलवायुजन्य परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसम एकनासको हुन नसकेको र यसले मानवस्वास्थ्यमा गम्भीर असर पार्न थालेको भन्दै विज्ञहरुले शतर्कता अपनाउन जोड दिएका हुन् ।अल्का अस्पतालका जेनेरल फिजिशियन डा. प्रेम पाण्डेले अहिले मौसम परिवर्तन भइरहेको र यसले […]

जोन्सनको खोप लगाउने ८१ हजार मात्र, भ्रममा नपरी ढुक्कसँग खोप लगाउन विज्ञको सुझाव

कतै ढुवानीको त कतै रेफ्रिजेरेटरको समस्याका कारण खोप अभियान सुरु हुन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही पालिकाहरूले भने भेरोसेल खोप नै बाँकी रहेको भन्दै अहिले नै जोन्सनको खोप अभियान सञ्चालन गर्न नसक्ने बताएका छन् ।

बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा

बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्त्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विज्ञको सुझाव छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै कारण भइसकेको छ । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु कोरोनाबाट भएको छ ।प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै

बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा, सचेत रहन चिकित्सकको आग्रह

बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महìवपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महìवपूर्ण हुने विज्ञको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै कारण भइसकेको छ । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु कोरोनाबाट भएको छ । प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै बालब...

पानी नपर्दासम्म वायु प्रदूषण कायमै रहने, सचेत रहन विज्ञको सुझाव

मङ्गलबार काठमाडौँ उपत्यका विश्वकै सबैभन्दा प्रदूषित शहरको रुपमा कायम भयो । लामो समयसम्म हावा नचल्दा र पानी नपर्दा धुलो र धुँवाको तह वायुमण्डलमा जमेका कारण यो अवस्था आएको वातावरणविद् तथा मौसमविद्हरुले बताएका छन् ।काठमाडौँ मात्र हैन नेपालका अन्य ठूला शहरहरुमा पनि वायु प्रदूषणको अवस्था खतराजनक अवस्थामा पुगेको छ । वातावरणविद्हरु राजधानीमात्र नभएर उपत्यका बाहिरका शहरहरुको अवस्थापनि बिग्रदै गइरहेको खतराको अवस्था नजिक पुगेको बताउँछन् ।मंगलबार काठमाडौँको वायु प्रदूषणको मापान इकाई एक्यूआई ४३७ पुगेर