अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा जलवायु वित्तको मुद्दा उठाउन सरकारलाई विज्ञको सुझाव

काठमाण्डाै – जलवायुजन्य विपद्का कारण हुने गैरआर्थिक हानी नोक्शानीको विषयलाई पनि सम्बोधन गर्नेगरी वित्त परिचालन गर्नुपर्ने एजेण्डालाई प्राथमिकताका साथ उठाउन विज्ञले सुझाव दिएका छन् । आउँदाे आइतवारदेखि इजिप्टमा शुरु हुने जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघीय महासन्धि युएनएफसीसीका पक्ष राष्ट्रहरुको २७ औ सम्मेलनमा जलवायुजन्य विपद्का कारण ठूलो क्षति गैरआर्थिक क्षेत्रमा पनि हुने गरेको भन्दै त्यसलाई पनि हानी नोक्शानीमा समावेश गरी क्षतिपूर्ति दिनुपर्ने विषय उठाउन सरकारलाई सुझाव दिएका हुन् । २६ औं सम्मेलनमा हानी नोक्शानीको क्षत...