रमणीय नमोबुद्ध

काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–११ मा अवस्थित रमणीय पर्यटकीय नमोबुद्ध गुम्बा । यहाँको ऐतिहासिक सम्पदा तथा पर्यटनकीयस्थल भएकाले विश्व सम्पदामा सूचीकृत गर्न पहल थालिएको छ । तस्बिर : राजकुमार पराजुली, रासस

सम्बन्धित सामग्री

नमोबुद्ध जात्रा आजदेखि, पितृका सम्झनामा दीप प्रज्ज्वलन गरिने

काभ्रे, मंसिर ११ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित नमोबुद्धमा आजदेखि जात्रा सुरु भएको छ । आज कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन । किंवदन्तीअनुसार बुद्धले लुम्बिनीमा पुनःजन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि जो, ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको स्थान । काभ्रेपलाञ्चोकको उक्त ऐतिहासिक, […]

नमोबुद्ध र बेथानचोक बजार क्षेत्रमा निःशुल्क इन्टरनेट

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाको मुख्य बजार क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा सुरु गरिएको छ । आमनागरिकलाई गाउँ–गाउँमै इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले ती पालिकाको समन्वयमा बजार क्षेत्र र वडाको निश्चित...

सहकारी व्यवस्थापनमा सक्रिय नमोबुद्ध

काठमाडौँ – नमोबुद्ध नगरपालिकाले पालिकाभित्रका सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी अभिमुखीकरण गरेको छ । नगर क्षेत्रका २० सहकारी संस्थाका व्यवस्थापकलाई सहभागी गराएर कोपोमिसबारे अभिमुखीकरण गराएको सहकारीको जिम्मेवारी लिएको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिए । कोपोमिस विज्ञ रहेका कम्प्युटर इञ्जिनीयर आमोद पुडासैनीले कोपोमिसका प्राविधिक […]

नमोबुद्ध जात्रा : हजारौँ बौद्ध धर्मालम्बी मेला भर्दै

काभ्रेपलाञ्चोक, २२ कात्तिक । आज कात्तिक शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोकको नमोबुद्धमा मेला लागेको छ । शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ । बुद्धले लुम्बिनीमा पुर्नजन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको मानिएको किंबदन्ती छ । द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर […]

काभ्रेको नमोबुद्ध नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

५ जेठ, काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कुन्सा लामा र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रत्न लामा विजयी भएका छन् । राति अवेर सकिएको मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार कुन्सा लामाले ११ हजार २११ मतका साथ नेकपा एमालेका उम्मेदवार राजन भुर्तेललाई पराजित गरे । भुर्तेलले ५८२२ मत ल्याए । कुन्सा र राजनबीचको मतअन्तर […]

किशोरीलाई आत्मरक्षा तालिम दिदै नमोबुद्ध नगरपालिका

काभ्रेपलान्चोक, २१ फागुन । नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । तीनदिने उक्त तालिम शुक्रबारदेखि नमोबुद्ध नपा–८ स्थित दाप्चा माध्यमिक विद्यालयमा सुरु गरिएको हो । लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त तालिममा नगरको वडा नं १, ७, ८, ९ र १० का पाँच विद्यालयको ४० किशोरी सहभागी भएका छन् […]

नमोबुद्ध नगरपालिकाद्वारा नेतृत्व विकास तालिम प्रदान

बनेपा, २० फगाुन । नमोबुद्ध नगरपालिकाले महिलाका लागि नेतृत्व विकास तालिम प्रदान गरेको छ । नगरपालिकाको महिला, बालबालिका र समाज कल्याण शाखाद्वारा दुई चरणमा ६४ महिलालाई सो तालिम प्रदान गरिइएको हो । तालिममा संस्थागत सुशासन र सञ्चार सीप, दृष्टिकोण र बानी व्यवहारमा परिवर्तन, नेतृत्व अवधारणा, गुण र सीप, सामाजिक संरचना र सामाजिक बहिष्करण लगायतका विषयमा […]

नमोबुद्ध नगरपालिकामा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनार्थ सम्झौता

मोबुद्ध नगरपालिकामा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाका लागि नगरपालिकाले धुलिखेल अस्पतालसित सम्झौता गरेको छ। नमोबुद्ध–११ मा केन्द्र स्थापनाका लागि सम्झौता भएको हो।

एक वर्षको अवधिमा नमोबुद्ध नगरका ५०२ योजना सम्पन्न

काभ्रेपलाञ्चोक, २४ मङ्सिर: एक वर्षको अवधिमा नमोबुद्ध नगरपालिकाका ५०२ योजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०७७-७८ मा तय गरिएका ५९९ योजना र कार्यक्रममध्ये ८३ दशमलव ८० योजना र कार्यक्रम सम्पन्न भएका हुन् । नगरले वार्षिक समीक्षा गर्दै गत आवमा भएगरेका कामको विवरण सार्वजनिक गरेको हो । गत आवमा रु ७४ करोड ३१ लाख २८ […]

नमोबुद्ध नगर क्षेत्र एक हप्ताका लागि बन्द

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रभित्र आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ । नगरभित्र कोरोना भाइरस सङ्क्रमण रोकथाम एवं नियन्त्रणका लागि आज राति १२ बजेदेखि आगामी जेठ १२ गते राति १२ बजेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले मङ्गलबार सूचना जारी गर्दै हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को दोस्रो भेरियन्टको सङ्क्रमण समुदायस्तरमा नै फैलिएको र सङ्क्रमितको सङ्ख्या पनि दिनानुदिन बढ्दै गइरहेकाले नगर क्षेत्रहरु सङ्क्रमणको अत्यन्तै जो