नमोबुद्ध नगर क्षेत्र एक हप्ताका लागि बन्द

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रभित्र आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ । नगरभित्र कोरोना भाइरस सङ्क्रमण रोकथाम एवं नियन्त्रणका लागि आज राति १२ बजेदेखि आगामी जेठ १२ गते राति १२ बजेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले मङ्गलबार सूचना जारी गर्दै हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को दोस्रो भेरियन्टको सङ्क्रमण समुदायस्तरमा नै फैलिएको र सङ्क्रमितको सङ्ख्या पनि दिनानुदिन बढ्दै गइरहेकाले नगर क्षेत्रहरु सङ्क्रमणको अत्यन्तै जो

सम्बन्धित सामग्री

आइतवारदेखि काभ्रेमा अत्यावश्यकबाहेकका सेवा बन्द

माघ ७, काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी संक्रमित भएपछि ६ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जानकारी दिएको छ ।  शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी सूचनामा माघ ९ गतेदेखि १४ गतेसम्मका लागि सेवा प्रवाह स्थगित गरिएको उल्लेख छ ।  संक्रमित कार्यालयका कर्मचारी सुरक्षितरुपमा होम आइसोलेसनमा रहेकाले अत्यावश्यक सेवाबाहेक नयाँ नागरिकता वितरण, प्रतिलिपी नागरिकता वितरण, संघसंस्था तथा हातहतियारसम्बन्धी कार्य, नाबालक परिचयपत्र, राहदानी, राष्ट्रिय परियचपत्रको सेवा बन्द गरिएको सूचनामा जानकारी दिइएको छ ।  जनप्रतिनिधि तथा कर्मचारी संक्रमित भएपछि नमोबुद्ध नगरपालिका, चौँरीदेउराली गाउँपालिका र रोशी गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालीन कटौती गरेका छन् । नमोबुद्ध नगरले सूचनामार्फत जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएकाले शुक्रवारदेखि अनिश्चतकालीनरुपमा सेवा कटौती गरेको जानकारी दिएको छ । नगरका उपसचिव जनार्दन रिजालले कोरोना संक्रमणको जोखिमका कारण नगरबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको सूचनामा उल्लेख गरेका छन् ।  यस्तै रोशी गाउँपालिकाले आप्mना कर्मचारी कोरोना संक्रमित भएपछि बिहीवारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा कटौती गरेको जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाद्वारा जारी सूचनामा केही कर्मचारी ‘कन्ट्याक ट्रेसिङ’मा रहेकाले जोखिमपूर्ण अवस्थामा सेवा प्रभावित हुने भएकाले अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको जानकारी दिइएको छ ।  चौँरीदेउराली गाउँपालिकाले बुधवारदेखि एक हप्ताका लागि स्वास्थ्य सेवा र आकस्मिक सेवाबाहेक प्रशासनिक काम बन्द गरेको छ । सेवा कटौती गरेको नमोबुद्ध नगरमा हाल ३७ महिलासहित ७६ कोरोना संक्रमित रहेका छन् । रोशी गाउँपालिकामा हाल दुई महिलासहित चार तथा चौँरीदेउरालीमा १७ महिलासहित ३१ जना संक्रमित छन् । यसैबीच काभ्रेपलाञ्चोकमा पछिलो २४ घण्टामा २५१ मा कोरोना संक्रमण देखिएको छ । अघिल्लो दिन १७३ मा संक्रमण देखिएको थियो । जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार हालसम्म १५ हजार ९५२ संक्रमण देखिएकामा १९४ को मृत्यु भएको छ । हाल जिल्लाको १३ स्थानीय तहमा एक हजार ४३ सक्रिय संक्रमित रहेका छन् ।  तेस्रो लहरमा काभ्रेपलाञ्चोकमा एक संक्रमितको मृत्यु भएको हो । हालसम्मका कुल संक्रमितमध्ये ९२ दशमलव २४ प्रतिशत अर्थात् १४ हजार ७१५ संक्रमणमुक्त भएका हुन् । रासस