आन्तरिक पर्यटकको आगमन बढाउन ‘घुमौँ सौराहा’ अभियान

काठमाडौँ,३० असोज । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् । यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनपछि यहि अभियानका साथ पूर्वका दुई प्रदेशमा व्यवसायी पुगेका थिए । अभियानपछि सौराहामा पर्यटकको सङ्ख्या केही बढेको थियो । यस […]

सम्बन्धित सामग्री

मनाङमा बढ्दै आन्तरिक पर्यटक

विगतमा बाह्य पर्यटक बढी आउने मनाङमा अहिले आन्तरिक पर्यटकको आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङले जनाएको छ । मनाङबाट लमजुङ, अन्नपूर्ण, मनास्लु, जुलुलगायतका हिमशृंखलाहरू आँखैको सामुन्ने देख्न सकिन्छ । चारैतिर...

भोटेकोसीका होटल तथा रिसोर्ट  लयमा फर्किदै

पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो ।  भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको पर्यटन व्यवसायी शङ्खर भुजेल बताए । उनका अनुसार केही वर्षअघिसम्म विदेशी पर्यटकमात्र देखिने बन्जीमा अहिले ९० प्रतिशत आन्तरिक पर्यटक देखिन्छन् । विराटनगरकी प्रतीक्षा घिमिरे अष्ट्रेलियाबाट नेपाल आएका बेला मनोरञ्जनका लागि भोटेकोसीमा बन्जी हान्न आएको सुनाइन् । द्रु

पुग्नै मुश्किल छ ढोरपाटन

२६ भदौ, बागलुङ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ । विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन् । विदेशी पर्यटक असोजदेखि मङ्सिर र फगुनदेखि वैशाखका बीचमा सिकार खेल्नका लागि मात्रै आउने […]

पुग्नै मुस्किल छ ढोरपाटन

-डम्मर बुढा मगर/ नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ । विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन् । विदेशी पर्यटक असोजदेखि मङ्सिर र फगुनदेखि वैशाखका बीचमा सिकार खेल्नका लागि मात्रै आउने गर्छन् […]

भारतीय पाहुनाको आगमनले पर्यटन क्षेत्रमा चहलपहल

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा आशाका संकेत देखिन थालेको भन्दै व्यवसायी उत्साही भएका छन। पोखरामा अहिले भारतीय सहित केही तेश्रो मुलुकका पर्यटकको आगमन हुन थालेपछि व्यवसायीलाई उत्साही बनाएको हो। आन्तरिक पर्यटक पनि थपिँदा अहिले पर्यटकीय क्षेत्र...

लालीगुराँसले पर्यटक लोभ्याउँदै

वसन्त ऋतु लागेसँगै वातावरण मनमोहक बन्छ । बोटबिरुवाले पालुवा फेर्छन्, जाडोयाम सकिएर गर्मी मौसमको आगमन हुन्छ । यतिबेलै पहाड र हिमाली जिल्लामा लालीगुराँस ढकमक्क फुल्दा आन्तरिक तथा बाह्य पर्यटकको मनै लोभ्याउँछ । सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस फुलेर जंगल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । झन् काठमाडौं उपत्यककाबाट नजिकैका विभिन्न […]

तस्वीर : रुप्से झरनामा फोटो खिचाउँदै आन्तरिक पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरनामा तस्वीर खिचाउँदै गरेका आन्तरिक पर्यटक । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने यो झरनामा पर्यटकको आगमन बढेको छ । तस्वीर : रासस

रुप्से झरनामा आन्तरिक पर्यटक

बेनी, १३ कात्तिक: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरनामा तस्वीर खिचाउँदै गरेका आन्तरिक पर्यटक । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने यो झरनामा पर्यटकको आगमन बढेको छ । तस्वीर : कमल खत्री-रासस

तस्वीर- दृश्यावलोकन केन्द्रमा पर्यटक

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटस्थित दृश्यावलोकन केन्द्रबाट तस्वीर खिच्दै आन्तरिक पर्यटक । पछिल्लो केही दिनयता मानुङकोटमा पर्यटकको आगमन बढ्न थालेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

गोसाइँकुण्डमा आन्तरिक पर्यटक बढ्दै

हिमाली भेगको उच्च भागमा अवस्थित प्राकृतिक छटाको अवलोकन गर्न आन्तरिक पर्यटकको समेत आगमन हुन थालेको छ । पर्यटन व्यवसायी सुब्बा लामाका अनुसार अवलोकन र गोसाइँकुण्ड स्नान गरी पुण्य कमाउन दैनिक ३० भन्दा बढी आन्तरिक पर्यटक आउन थालेपछि गोसाइँकुण्ड धार्मिक मार्गको रौनकता अहिले ह्वात्तै बढेको छ ।