सिटिजन्स बैंकद्वारा ८ लाख भन्दा बढी नगद हस्तान्तरण

सिटिजन्स बैंक Citizens Bank International Limited  ले बीमा भुक्तानी दावी वापत  ८ लाख भन्दा बढी नगद हस्तान्तरण गरेको छ । बैंकले लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निज मृतकका श्रीमान् जब्बर अली तेली लाई रु. ३,६५,७७४.६० तथा अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकामा निज मृतकका छोरा रामचन्द्र कोरी लाई रु. ४,५४,१२२.५८ नगद हस्तान्तरण गरेको हो । उक्त रकम सिटिजन्स बैंकका  प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मंसिर २१ गते हस्तान्तरण गरेका हुन्। लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन विमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्च सहित बैंकले विमा कम्पनीमा रकम दावी गरि सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो । सिटिजन्स बैंकले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिव १४ हजार विपन्न महिलाहरुलाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए।सिटिजन्स बैंकले १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ११४  वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । 

सम्बन्धित सामग्री

एक वर्षमा थपिए ८ लाख बढी करदाता

२७ साउन, काठमाडौं । नेपालमा एक वर्षको अवधिमा ८ लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयको तथ्यांक अनुसार स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाता आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा ८ लाख ४ हजार ४१५ ले थप भएको हो । अर्थ मन्त्रालयका अनुसार २०७८ असार मसान्तसम्म नेपालमा ४४ लाख […]

एकमहिनामा साढे ८ लाख मतदाता नामावली संकलन

काठमाडौं:–निर्वाचन आयोगले देशभर ८ लाख ४८ हजार मतदाता नामावली संकलन गरेको छ। आयोगले सञ्चालन गरेको एक महिने अभियानका क्रममा ८ लाख ४८ हजार मतदाता नामावली थप भएको आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले जानकारी दिए। शुक्रबार भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले दलहरूलाई बढेका मतदाताबारे जानकारी गराएको छ। हाल १ करोड ६२ लाख ४३ हजार एक सय […]

गोल्डकपमा ८ लाख बचत

विराट गोल्डकप ट्रष्टले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको छैटौं संस्करणमा ८ लाख २ हजार ३ सय ६२ रुपैयाँ ८० पैसा बचत भएको जानकारी दिएको छ।...

गोल्डकपमा ८ लाख बचत

विराट गोल्डकप ट्रष्टले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको छैटौं संस्करणमा ८ लाख २ हजार ३ सय ६२ रुपैयाँ ८० पैसा बचत भएको जानकारी दिएको छ।...

चीनबाट थप ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं, साउन ८ । चीनबाट शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । निगमको बिमानले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप लिन बिमान शनिबार फेरि बेइजिङ जाने छ । चीनको […]

चीनबाट ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं । चीनको बेइजिङबाट ८ लाख खोप नेपाल आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सरकारले जिटुजीबाट खरिद गरेको ४० लाखमध्ये ८ लाख खोप काठमाडौं ल्याइएको हो। बाँकी ३२ लाख खोप अब पाँच पटक गरि ल्याइनेछ । यसअघि नेपालका लागि चीनले १८ लाख डोज खोप अनुदानमा सहयोग गरिसकेको छ ।

ओस्कार जित्ने फिल्मलाई ८ लाख पुरस्कार

चलचित्र विकास बोर्डले ओस्कार अवार्ड जित्ने फिल्मलाई ८ लाख पुस्कार दिने भएको छ । विकास बोर्डको २१औँ वार्षिकोत्सवमा बोर्ड अध्यक्षका दयाराम दाहालले उक्त पुरस्कारको घोषणा गरेका हुन्

नेपाल आइपुग्यो ८ लाख डोज चिनियाँ भ्याक्सिन

काठमाडौं। चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज भेरोसेल भ्याक्सिन नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी विमानले आज चीनबाट ८ लाख डोज भ्याक्सिन र सिरिन्ज लिएर काठमाडौं आइपुगेको हो। विमानस्थलका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा सो विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ।

काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप

चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलवार काठमाडौं आइपुगेको छ । मंगलवार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो  । यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।