संसारको सबैभन्दा अग्लो आलिशान होटल चीनको संघाईमा

एजेन्सी। चीनको संघाईमा विश्वकै सबैभन्दा अग्लो आलिशान होटल निर्माण गरिएको छ। यसको उचाई छसय३२ मिटर छ। यो चीनको जियाङ्ग इन्टरनेसनल होटलअन्तर्गत रहेको छ। विश्वको सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खलीफापछि दोस्रो अग्लो भवनमा यही होटल परेको छ। होटलको १२०औं तलमा रेस्टुरेन्ट राखिएको छ। यो रेस्टुरेन्टमा बस्नेले आफूलाई बादलको बीचमा पाउनेछन्। यो होटलमा राखिएको एलिभेटर गति प्रति सेकेण्ड १८मिटर रहेको छ।

सम्बन्धित सामग्री

संसारको सबैभन्दा ठुलो बैंक डकौती

तपाईंले जहिले पनि चोरी वा डकैतीसँग सम्बन्धित बलिउड र हलिउड फिल्महरू हेर्नुभएको छ, तपाईंको दिमागमा एउटै विचार आएको हुनुपर्छ कि यदि वास्तविकतामा यस्तो भयो भने के हुन्छ ? चोरी, डकैती काल्पनिक अपराध नभए पनि यथार्थमा यस्ता घटना दिनानुदिन सार्वजनिक भइरहेका छन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ संसारमा सबैभन्दा ठूलो डकैती कहिले भएको थियो […] The post संसारको सबैभन्दा ठुलो बैंक डकौती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसारकै सबैभन्दा वृद्ध पाण्डाको मृत्यु

काठमाडौँ- हङकङमा संसारको सबैभन्दा वृद्ध पाण्डाको मृत्यु भएको छ । मानव हेरचाहमा रहेको संसारको सबैभन्दा बुढो पाण्डा एनएनको बिहीबार ३५ वर्षको उमेरमा मृत्यु भएको हो । उक्त पाण्डाको उमेर मानिसका उमेरको अनुपातमा १०५ वर्ष बराबर रहेको हङकङ थिम पार्कले जनाएको छ । एनएनको स्वास्थ्य विगतका केही हप्ताहरूमा लगातार खराबी हुँदै गएको थियो । उसले थोरै […]

संसारको सबैभन्दा महँगो खरबुजा

संसारभरि उब्जाइने १२ सय भन्दा बढी प्रकारका खरबुजामध्ये, प्रसिद्ध डेन्सुक कालो तरबूज भन्दा महँगो वा बढी खोजिने अरु कुनै खरबुजा छैन ।होक्काइडोको उत्तरी टापुमा थोरै मात्र फलाइने डेनसुकलाई विश्वको दुर्लभ खरबुजाहरू मध्ये एक मानिन्छ । यो प्रति वर्ष लगभग १०० युनिट मात्रै फल्ने गर्छ । यो त्यो फल होइन जुन तपाईंले बजार वा किराना पसलमा पाउनुहुनेछ ।यो त यस्ता सिमित फलफूलमा समावेश छ जुन हरेक वर्ष सयौँ–हज्जरौँ डलरको बोलीमा लिलामी हुन्छ ।इतिहासको सबैभन्दा महँगो डेन्सुक खरबुजा सन् २०१९ मा ७५०,००० जा

दक्षिण अफ्रिका संसारको सबैभन्दा धेरै असमानता भएको देश

दक्षिण अफ्रिका संसारको सबैभन्दा असमान देश भएको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । त्यहाँ १० प्रतिशत जनसङ्ख्यासँग ८० प्रतिशतभन्दा बढी सम्पत्तिको स्वामित्व रहेको पाइएको हो । "दक्षिण अफ्रिका विश्वको सबैभन्दा असमान देश हो, १६४ देशहरू मध्ये यो पहिलो स्थानमा छ,"   वाशिंगटनस्थित संस्थाले बुधबार दक्षिणी अफ्रिकामा असमानता नामक एक रिपोर्टमा भनेको छ । रंगभेदको अन्त्य भएको लगभग तीन दशकपछि दक्षिण अफ्रिकामा शिक्षा र श्रम बजारमा पार्ने प्रभावका कारण जातियता नै असमानताको प्रमुख चालक ब

संसारको सबैभन्दा ठूलो आरओसी विमानको परीक्षण उडान सफल

संसारको सबैभन्दा ठूलो भनिएको आरओसी बिमानको परीक्षण उडान सफल भएको स्ट्राटोलञ्च कम्पनीले बताएको छ । गत आइतबार विमानको तेस्रो पटक परीक्षण उडान गरिएको हो । ३८५ फिट विंग स्पान भएको विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो । विमान निर्माता कम्पनी स्टेटोलन्चका अनुसार यो विमान २३,५०० फिटको उचाइसम्म पुगेको थियो ।हालसम्म गरिएको परीक्षणमध्ये यो सबैभन्दा सफल उडान रहेको कम्पनीको भनाइ छ । विमानको ३५ हजार फिटको उचाइस

सबैभन्दा धनी किशोर, लाइसेन्स छैन तर छन् करोडौँका कार !

२२ पुस, काठमाडौं । यूएइको कानून अनुसार उनको कार चलाउन पाउने उमेर पुगिसकेको छैन र उनीसँग ड्राइभिङ लाइसेन्स पनि छैन । तर उनीसँग संसारका महंगा भन्दा महंगा कारहरु छन् । सायद संसारको सबैभन्दा धनी उद्यमी किशोर हुन् यिनी । सोसल मिडियामा उनी Money Kicks को नामले चिनिन्छन् । उनको यहीँ नामको युट्युब च्यानल छ जसमा […]

यसरी ठडिँदैछ संसारको दोश्रो अग्लो भवन, बुर्ज खलिफाभन्दा कत्रो ?

२१ पुस, काठमाडौं। संसारमा गगनचुम्बी भवनहरुको कुनै कमी छैन । बुर्ज खलिफा दुबई संसारको सबैभन्दा अग्लो भवन हो जुन ८२९.८ मिटर अर्थात् २७२२ फिट अग्लो छ । दुबई पुग्ने जो कोही मानिसहरुका लागि यो भवन आकर्षणको केन्द्र हो । बुर्ज खलिफालाई चुनौति दिने अर्को भवन तथा विश्वमा अझै कतैपनि बनेको छैन । तर बुर्ज खलिफापछि […]

संसारको सबैभन्दा गहिरो स्वीमिङ पुल, जसको मुनि छ पूरै सहर

१२ साउन, काठमाडौं । संसारको सबैभन्दा अग्लो भवनदेखि संसारकै सबैभन्दा ठूलो सपिङ मल हुने सहर हो युएइको दुबई । अब दुबइको नाममा अर्को किर्तिमान पनि थपिएको छ, संसारको सबैभन्दा गहिरो स्वीमिङ पूल । डीप डाइभ दुबई (Deep Dive Dubai) नामक उक्त स्वीमिङ पूलमा पौडी खेल्न चाहनेहरु १ सय ९६ फिट अर्थात् ६० मिटर गहिराइसम्म जान […]

‘ताज होटल’ संसारको नम्बर एक ब्राण्ड

काठमाडौं। भारतको टाटा समूहले सञ्चालन गरिरहेको ‘ताज होटल’ संसारको सबैभन्दा उत्कृष्ट होटल ब्राण्ड घोषित बनेको छ। बेलायतको ब्राण्ड भ्यालुएयरन कन्सल्टेन्सीले सार्वजनिक गरेको तथ्यांकअनुसार ताज होटल विश्वकै सबैभन्दा उत्कृष्ट ब्राण्ड हो। सन् २०२१मा विश्वभरका ५० वटा उत्कृष्ट होटल सूचीमा शीर्ष स्थानमा ताज परेको हो। भारतमा पहिलो पटक १९०३ मा मुम्बाईमा ताज होटल खुलेको थियो।