‘ताज होटल’ संसारको नम्बर एक ब्राण्ड

काठमाडौं। भारतको टाटा समूहले सञ्चालन गरिरहेको ‘ताज होटल’ संसारको सबैभन्दा उत्कृष्ट होटल ब्राण्ड घोषित बनेको छ। बेलायतको ब्राण्ड भ्यालुएयरन कन्सल्टेन्सीले सार्वजनिक गरेको तथ्यांकअनुसार ताज होटल विश्वकै सबैभन्दा उत्कृष्ट ब्राण्ड हो। सन् २०२१मा विश्वभरका ५० वटा उत्कृष्ट होटल सूचीमा शीर्ष स्थानमा ताज परेको हो। भारतमा पहिलो पटक १९०३ मा मुम्बाईमा ताज होटल खुलेको थियो।