दक्षिण अफ्रिका संसारको सबैभन्दा धेरै असमानता भएको देश

दक्षिण अफ्रिका संसारको सबैभन्दा असमान देश भएको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । त्यहाँ १० प्रतिशत जनसङ्ख्यासँग ८० प्रतिशतभन्दा बढी सम्पत्तिको स्वामित्व रहेको पाइएको हो । "दक्षिण अफ्रिका विश्वको सबैभन्दा असमान देश हो, १६४ देशहरू मध्ये यो पहिलो स्थानमा छ,"   वाशिंगटनस्थित संस्थाले बुधबार दक्षिणी अफ्रिकामा असमानता नामक एक रिपोर्टमा भनेको छ । रंगभेदको अन्त्य भएको लगभग तीन दशकपछि दक्षिण अफ्रिकामा शिक्षा र श्रम बजारमा पार्ने प्रभावका कारण जातियता नै असमानताको प्रमुख चालक ब