कुमारी बैंकको वार्षिक साधारण सभाले पारित गर्‍यो १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं। कुमारी बैंकको २२औं वार्षिक साधारण सभाले कर प्रयोजनसहित चुक्ता पूँजीको १२.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको

सम्बन्धित सामग्री

कुमारी बैंकको साधारण सभा माघ २८ मा, छैन लाभांश प्रस्ताव

काठमाडौं । कुमारी बैंक लिमिटेडले माघ २८ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । पुस २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ ।  यस बैंकको सहायक कम्पनी कुुमारी क्यापिटल लिमिटेड र केविएल सेक्यूरिटिजको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणसमेत सभाले पारित गर्नेछ । संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना गरी एक महिला सञ्चालकसमेत ६ सञ्चालकको निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।  गत आर्थिक वर्ष सामाजिक उत्तरदायित्व शीर्षकमा भएको खर्चलाई पनि सभाले अनुमोदन गर्नेछ । यस वर्ष लाभांश भने प्रस्ताव गरिएको छैन । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै गत वर्ष १२ दशमलव ५ प्रतिशत करसमेत नगद लाभांश वितरण गरेको बैंकले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो ।  साधारण सभा प्रयोजनका लागि बैंकले माघ ९ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ ८ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

कुमारी क्यापिटलले आव्हान गर्‍यो साधारण सभा, १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले भदौ २१ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । कुमारी बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा साझ ५ः३० बजे सभा गर्ने तयारी गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको वार्षिक लेखापरिक्षणका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । क्यापिटलको शेयरधनीहरूका लागि १५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । कम्पनीले नगद लाभांश वापत ६ करोड रूपैयाँ वितरण गर्न लागेको हो । यस कम्पनी र अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति गर्ने विषय समेत सभाका लागि तय भएको छ । आगामी दिनमा अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्तिमा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।

नेशनल हाइड्रोपावरको १९.५ % लाभांश र ५० % हकप्रदको प्रस्ताव पारित

चैत १२, काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित २५ औं वार्षिक साधारण सभा चैत ११ गते शुक्रवार सम्पन्न भएको छ ।  यसअघि फागुन ३० गते बोलाइएको उक्त सभा गणपूरक संख्या नपुगेकाले स्थगित गरिएको थियो । सभाले गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै पहिलो पटक वितरण गर्ने प्रस्ताव गरेको १९ दशमलव ५ प्रतिशत लाभांश र ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई समेत स्वीकृति प्रदान गरेको छ ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५१ लाख ८६ हजारको आधारमा १८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।   साथै सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ । कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ बराबर शून्य दशमलव २५ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो ।  यी प्रस्तावहरुसँगै सभामार्फत सात जना सञ्चालकहरु सर्वसम्मत चयन भएका छन् । कम्पनीका अनुसार सात सञ्चालकहरुमा कुमार पाण्डे, अतेन्द्र श्रेष्ठ, कञ्चन प्रकाश पाण्डे, नवराज नेपाल, बिश्वेश्वर सुबेदी, सोमनाथ सापकोटा र शुसिला कुमारी शर्मा रहेका छन् । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले यस अघि फागुन १३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन १२ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने १९ दशमलव ५ प्रतिशत लाभांश प्राप्त गर्नेछन् ।

कुमारी बैंक र गुराँस लघुवित्तको शेयरमूल्य समायोजन

कात्तिक ८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार कुमारी बैंक र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले कुमारी बैंकको ६ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २६४ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. २८० को आधारमा शेयरमूल्य समायोजन भएको हो । कुमारी बैंकले यस वर्ष गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ६ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १६ गते आफ्नै कार्यालय नक्सालमा २१औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११:३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै, नेप्सेले गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ दशमलव ९०६४ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ३४८ तोकेको छ । कम्पनीको आइतवार रू. १ हजार ५७६ मा अन्तिम कारोबार भएको थियो । गुराँस लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ९० प्रतिशत बोनस शेयर र शून्य दशमलव ८८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २२ गते साधारण सभा आयोजना गरेको छ । कम्पनीले सभा न्यू अञ्जली होटल धनकुटा नगरपालिका ७ मा बिहान ११ बोलाएको छ । दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कुमारी बैंक र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कात्तिक ७, काठमाडौं । कुमारी बैंक र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ । दुवै कम्पनीहरुले सोमवार अर्थात् कात्तिक ८ गते बुक क्लोज गर्दैछन् । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र यी दुवै कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले यस वर्ष गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ६ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १६ गते आफ्नै कार्यालय नक्सालमा २१औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११:३० बजे शुरु हुने जानकारी दिएको छ । उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै, शिवम् सिमेण्टले गत आर्थिक २०७७/०७८ वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १६ गते होटल सोल्टी, काठमाडौंमा बिहान १० बजे छैठौं वार्षिक साधारण सभा बोलाएको छ । सभाले कम्पनीको चुक्तापूँजी भन्दा बढी रकम कुनै बैंक तथा वित्तीय संस्थाहरुबाट थप कर्जा सुविधा लिनु परेमा कर्जा सम्झौता गरी आवश्यक कर्जा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

कुमारी बैंकले लाभांश पारित गर्न बोलायो कात्तिक १६ मा साधारण सभा

कात्तिक ३, काठमाडौं । कुमारी बैंकले २१औं वार्षिक साधारण सभा कात्तिक १६ गते बोलाएको छ । सभा कम्पनीको नक्सालस्थित कार्यालयमा बिहान ११ः३० बजे शुरु हुनेछ । कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले ६ प्रतिशत बोनस शेयर र २ दशमलव ६७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साथै सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने / गाभिने तथा प्राप्ति तथा एक्विजिशन गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा र लाभांश वितरण प्रयोनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ८ गते एक दिन बन्द रहनेछ । यस आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कुमारी बैंकको २१औं साधारण सभा कात्तिक १६ गते, ८.६७% लाभांशको प्रस्ताव

असोज २६, काठमाडौं । कुमारी बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा कात्तिक १६ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय नक्साल, काठमाडौंमा बिहान ११:३० बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमका कारण सभामा भर्चुअल माध्यममार्फत सहभागी हुन सक्ने गरी शेयरधनीहरुलाई जुम आईडी/पासवर्ड उपलब्ध गराउने व्यवस्था कम्पनीले गरेको छ । सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ६ बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाको अन्य प्रस्तावमा बैंकको प्रवन्धपत्रको दफा ५ (ख) र ५ (ग) संशोधन गर्ने, यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ । साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक ८ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

चार ओटा वाणिज्य बैंकद्वारा लाभांश प्रस्ताव, कुन-कुन कम्पनीले कति दिने ?

असोज १५, काठमाडौं । नेप्सेमा सूचीकृत २७ ओटा वाणिज्य बैंकमध्ये ४ ओटा वाणिज्य बैंकले शेयरधनीका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । यी चार ओटा कम्पनीले गत आव २०७७/७८ को मुनाफाबाट यस वर्षका लागि शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सानिमा बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र कुमारी बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । कुमारी बैंक बाहेकका तीन ओटा कम्पनीको लाभांश अघिल्लो आवको तुलनामा बढाएका छन् । यी चार  ओटा कम्पनीमध्ये सबैभन्दा बढी सानिमा बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९४७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसैगरी माछापुच्छ्रे बैंकले १३ दशमलव ३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यी चारओटै कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । यी चार ओटा कम्पनीमध्ये सिटिजन्स बैंकले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १५औं वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस आधारमा असोज २० गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।                                                          स्रोत : कम्पनीद्वारा प्रकाशित नोटिस

कुमारी क्यापिटलको तेस्रो वार्षिक साधारण सभा भदौ २१ गते हुँदै

साउन ३२, काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा भदौ २१ गते गर्ने भएको छ ।  कम्पनीले सभा कुमारी बैंक लिमिटेड टंगााल काठमाडौंमा दिउँसो १२ :३० बजे गर्न लागेको बताएको छ । सभाले शेयरधनीलाई ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । सभाले आव २०७७ / ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यसैगरी सभाले लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।