आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौ जिल्लाबाट सवैभन्दा धेरै दलका उम्मेदवारले भाग लिने भएका छन् । काठमाडौं जिल्लाबाट राष्ट्रिय मान्यताप्राप्त ६ दलसहित सहित ४६ वटा दलले आफ्नै चुनाव चिन्हबाट उम्मेदवारी दिन पाउने भएका छन् । त्यस्तै सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा राष्ट्रिय ६ सहित ११ वटा दलले स्थानीय चुनावमा आफ्नै चिन्हमा निर्वाचन लड्न पाउनेछन् । निर्वाचन आयोगले सोमबार गरेको नियमित प्रेस मिटमा राष्ट्रिय मान्यता प्राप्त ६ वटा दलबाहेक निर्वाचन प्रयोजनका लागि विभिन्न जि