नेपाल चीन–सीमामा पहिरोले नदी थुन्यो, तामाकोशीमा बाढी आउने चेतावनी

नेपाल चीन सिमानामा भारी बर्षापछि गएको पहिरोले नदी थुनिएपछि तामाकोशी नदीमा बाढी आउने चेतावनी दिइएको छ ।  जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राती ९ :४५ बजे  अत्यन्त जरुरी सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको छ । नेपाल चीन सीमा क्षेत्रमा रहेको टिङग्री काउन्टीको रोङसिया शहर र सो को आसपासमा भारी वर्षा आएसँगै पहिरो गई नदीको  प्रवाह रोकिएको जनाइएको छ ।  सो बारेको सूचना आएकोले कुनैपनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने जनाइएको छ । स

सम्बन्धित सामग्री

कैलाली र कञ्चनपुरमा अविरल वर्षा : बाढी र डुबानको जोखिम

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम देखिएको छ । कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातीदेखि […]

कैलाली र कञ्चनपुरमा भारी वर्षा, कहाँ-कहाँ छ बाढी र डुबानको उच्च जोखिम?

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ। कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र...

अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ । कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको अत्तरियास्थित महाकाली बेसिन […]

अबको तीन दिन यी जिल्लामा छ बाढीको खतरा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका केही नदी र खोला ’round आगामी दिनसम्म आकस्मिक बाढी आउने सम्भावना रहेको जनाउँदै ’roundका बासिन्दलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आगामी तीन दिनसम्म दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, पर्सा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, […] The post अबको तीन दिन यी जिल्लामा छ बाढीको खतरा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुरक्षा टोलीद्वारा सम्भावित कटान क्षेत्रको स्थलगत निरीक्षण

पहाड तिर निरन्तर वर्षा भएर बागमती नदीमा जलस्तर बढेको र बाढी आउने सम्भावता रहेको अवस्थामा रौतहटको सुरक्षा निकायको संयुक्त टोलीले बागमती नदी किनारको स्थलगत निरीक्षण गरेको छ।...

मनाङ बाढीः तालगाउँका बासिन्दालाई कहाँ लैजाने?

गत असारको बाढीको चपेटामा परेका मनाङको तालगाउँका बासिन्दालाई कसरि व्यवस्थापन गर्ने भन्ने अझै टुंगो लागेको छैन। किनकी नदी किनारको तालगाउँमा कुनैपनि बेला बाढी पस्न सक्छ। हिउँदमा हिउँ पग्लिँदा नदीको वहाव बढ्ने र वर्षामा पानी पर्दा बाढी आउने जोखिम छ। खोला किना...

आज यी नदीमा बाढीको जोखिम

काठमाण्डाै - आज कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती लगायत प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशको चुरे र तराई भएर बहने स–साना नदीमा बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ । बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्र तथा डुबान भएर रहने क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी  पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, झापामा रहेको केचना वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा ठूलो पानी परेको मापन भएको छ । त्यस क्षेत्रमा अझै पानी पर्ने सम्भावना रहेकाले केचना, पथरिया लगायत क्षेत्रका साना खोलाहरुमा बहाव बढ्ने भएकाले नदी त...

थुनिएको नदी खोलिएपछि तामाकोशीमा बाढी आउने जोखिम घट्यो

काठमाण्डाै - थुनिएको नदीलाई चिनियाँ पक्षले खोल्न थालेपछि तामाकोशी नदी तटीय क्षेत्रको जोखिम कम भएको छ । तिब्बतमा आएको पहिरोले थुनेको नदी बिस्तारै खोलेपछि तामाकोशी नदीमा पानीको बहाव बढेको र बाढीको जोखिम भने कम भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिनुभयो । थुनिएको नदी खोल्ने क्रममै रहेकोले तटीय क्षेत्रमा सावधानी अपनाउन भने अनुरोध गरिएको उहाँले बताउनुभयो । चीनको टिङ्ग्री काउन्टीको रोङछिया आसपासमा नदी थुनिएको चिनियाँ पक्षले जानकारी गराएकोमा अहिल...