काठमाण्डाै - थुनिएको नदीलाई चिनियाँ पक्षले खोल्न थालेपछि तामाकोशी नदी तटीय क्षेत्रको जोखिम कम भएको छ ।
तिब्बतमा आएको पहिरोले थुनेको नदी बिस्तारै खोलेपछि तामाकोशी नदीमा पानीको बहाव बढेको र बाढीको जोखिम भने कम भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिनुभयो ।
थुनिएको नदी खोल्ने क्रममै रहेकोले तटीय क्षेत्रमा सावधानी अपनाउन भने अनुरोध गरिएको उहाँले बताउनुभयो । चीनको टिङ्ग्री काउन्टीको रोङछिया आसपासमा नदी थुनिएको चिनियाँ पक्षले जानकारी गराएकोमा अहिल...