नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले कांग्रेसको नेतृत्वमा सरकार बनाउनेतर्फ लाग्न नहुने बताएका छन् ।
कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरा जनमतको अपमान हुने उनले बताए ।
बिहीवार सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै अहिले नेकपाको कुनै समूहमा नलागेका पण्डितले नेकपा एकताको सम्भावना समाप्त भइनसकेको बताएका हुन् । पार्टी विभाजनअघि उनी नेकपामा माधव नेपाल निकट मानिन्थे ।
‘नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन । बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन...