आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार

चैत १५, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवारसम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेकाले चैत १६ गते बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् । कम्पनीले गत आवसम्मको मुनाफाबाट शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २७ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बनेपा पार्टी भेन्यू, बनेपा - ८, काभ्रेपालञ्चोकमा हुने जानकारी दिएको छ।   

सम्बन्धित सामग्री

२ इन्स्योरेन्स र १ लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज चैत्र १६ गते ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेका प्रभु इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, र सिद्धार्थ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत्र १६ गते अन्तिम दिन हो । आजसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।प्रभु इन्स्योरेन्सले चैत्र ३० गते काठमाडौँको तिनकुने स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश गरि कुल ११.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउन सक्ने छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड १९ लाख २ हजार ३ सय २८ रुपैयाँ रहेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्मको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :(क) सामान्य प्रस्तावः१. कम्पनीको २६ औं वार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।३. सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम प्रस्तावित बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजीको ०.५८ प्रतिशतले हुन आउने रकम रु.६७,२६,८०३१०० नगद लाभांश पारित गर्ने ।४. आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारीश्रमिक निर्धारण सम्बन्धमा।(ख) विशेष प्रस्तावः१. सञ्चालक समितिवाट प्रस्ताव गरे बमोजिम कम्पनीको आ.व.२०७७/०७८ को मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनश शेयर पारित गर्ने ।२. बोनश शेयर जारी पश्चात कम्पनीको पूँजी बृद्धि हुने हुँदा सो को लागि कम्पनीको प्रवन्धपत्रको दफा ६ (क) तथा नियमावलीको नियम २.१ (क) संशोधन गरी सोहि हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने।३. विशेष प्रस्तावका संशोधनहरुबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको संशोधन उपर नियमनकारी निकाय वा कार्यालय लयबाट कने बिषयमा थप संशोधन गर्न भाषिक संशोधन वा फेरबदल गर्न कनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने । आरम्भ चौतारी लघुवित्तले  चैत्र २७ गते आइतबार काभ्रेको बनेपा स्थित बनेपा पार्टी भेन्युमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  २१ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तको चुक्ता पूँजी रु २८६,७६३,१४८।-को २१ प्रतिशतले हुन आउने बोनश शेयर रु.६,०२,२०,२६१/-(अक्षरुपी छ करोड दुई लाख बिस हजार दुई सय एकसठ्ठी रुपैया मात्र) बितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गतेदेखि चैत्र २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:साधारण प्रस्ताव:१) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात र आ.व.२०७७/७८ को नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने।३) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तको चुक्ता पूँजी रु.२८६,७६३,१४८।-को २१ प्रतिशतले हुन आउने बोनश शेयर रु.६०२२०२६१।- (अक्षरेपी छ करोड दई लाख बिस हजार दई सय एकसटी रुपैया मात्र) र संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेकोले हाल कायम रहेको चुक्ता पूँजी रु.३०,६९,२३,१४८/(अक्षरेपी तीस करोड उनान्सत्तरी लाख तेइस हजार एक सय अठचालीस रुपैया मात्र) समेतमा समायोजन गरी उक्त बोनश शेयर वितरण गर्न स्विकृति प्रदान गर्ने ।४) लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । (बहालवाला लेखापरीक्षक श्री प्रसिद्ध आचार्य प्रसिद्ध ए एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्त हुन योग्य हुनुहुन्छ ।)५) संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालक श्री विनोद ज्ञवालीज्यूको नियुक्ति अनुमोदन गर्ने।विशेष प्रस्ताव:१) संचालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट चुक्ता पूंजी रु.३०,६९,२३,१४८/- को २१ प्रतिशतले रु.६,०२,२०,२६१।- (अक्षरेपी छ करोड दुई लाख बिस हजार दुई सय एकसठ्ठी रुपैया मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्विकृती प्रदान गर्ने ।२) निम्नानुसारको विषयहरु अनुरुप संस्थाकोको प्रबन्धपत्र/नियमावलीमा संशोधन /थप गर्ने :(अ) विशेष प्रस्ताव नं. (१) मा प्रस्ताव गरे वमोजिम बोनस शेयर जारी गर्दा संस्थाको पुँजी समेत बृद्धि हुने हुंदा सो को लागि प्रबन्धपत्रमा संशोधन गरी पूँजी बृद्धि गर्ने।(आ) संस्थाको नियमावलीमा सञ्चालकहरुको भत्ता/सुविधा बृद्धि गर्ने ।३. भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था संग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ती/समाहित (Acquisition) गर्ने/हुनेप्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।४. प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने । सिद्धार्थ इन्स्योरेन्सले  चैत्र ३० गते बुधबार पर्यटन बोर्डको सभाकक्षमा साधारणसभा गर्न लागेको छ  । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।   कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:क. सामान्य प्रस्तावः१. सञ्चालक समितिको तर्फवाट अध्यक्ष ज्यू द्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा-नोक्सान हिसाव तथा सोहि अवधिको नगद प्रवाह सहितको विवरण तथा सो सँग सम्बन्धित अनुसूचिहरु छलफल गरी पारीत गर्ने ।३. लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व.२०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरिक्षक श्री एस.ए.आर. एसोसियट्स ,चार्टर्ड एकाउण्टेण्टस् कानुनत पुन: नियुक्त हुन सक्नेछ।४. संचालक समितिले प्रस्ताव गरे बमोजिम चक्ता पंजीको ०.७८९५ प्रतिशतले हुन आउने रकम रु.८८,४२,१०५- नगद लाभांश प्रस्तावित वोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) स्वीकृत गर्ने ।५. सञ्चालक समितिमा रिक्त स्वतन्त्र (विज्ञ) सञ्चालकको पदमा भएको सञ्चालकको नियुक्ति अनुमोदन गर्ने ।ख. विशेष प्रस्तावः१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम रु. १६,८०,००,०००/- वरावरको वोनस शेयर जारी गर्ने ।२. प्रवन्ध पत्रको दफा ५ को (ख) मा रहेको पुँजी सम्वन्धि व्यवस्थालाई संशोधन गर्ने ।३. नियमावलीको नियम ५ को (ख) र (घ) पुँजी सम्बन्धि व्यवस्थालाई संशोधन गर्ने ।४. प्रवन्ध पत्रको दफा ३.१ मा रहेको उद्धेश्य अर्न्तगत '(झ) सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने, गराउने' व्यवस्था थप गर्ने ।५. निर्जिवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने ।६. नियमावलीको नियम २८ को उप-नियम १ मा रहेको सञ्चालकलाई प्रदान गरिने वैठक भत्ता सम्वन्धि व्यवस्थालाई संशोधन गरी वैठक भत्ता वृद्धि गर्ने ।७. संशोधित प्रवन्ध पत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायवाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।