आरम्भ चौतारी लघुवित्तको सातौं वार्षिक साधारण सभा चैत ३० मा, बुक क्लोज कहिले ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३० गते सातौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बनेपा पार्टी भेन्यु बनेपा-८ काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफलउपर गरी पारित गर्नुका साथै चालू आवको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यस्तै सभाले भविष्यमा यस कम्पनीले अन्य इजाजत प्राप्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने/गाभिने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस वर्ष कम्पनीले शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सोही कारण यस वर्ष शेयरधनीको हात खाली हुने भएको छ । अघिल्लो आवको मुनाफाबाट भने गत वर्ष कम्पनीले शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सातौं वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा चैत १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।  साधारण सभाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् 

सम्बन्धित सामग्री

फेडेरलको दोस्रो वार्षिक साधारण सभा

काठमाडौं– फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा संस्थापक समुहबाट रिक्त सञ्चालकमा नमिता शर्मालाई नियुक्त गरेको छ । यस्तै सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ । सभाले […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सको २९औं वार्षिक साधारण सभा सुरु

काठमाडौं, २९ चैत्र । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा सुरु भएको छ।

एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, पुस ३० । एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । साे सभाले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालकमा केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णय अनुमाेदन गरेकाे छ । एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा २०७९/९/२९ गते शुक्रबारका दिन काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रालिमा सम्पन्न भएको हाे । बैंकको […]

पञ्चशील सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

युनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा

युनाइटेड इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७७/७८ लेखा परीक्षण प्रतिवेदन, ०७८ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारि...

सेञ्चुरी बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा शुक्रबार भौतिक उपस्थिति एवं अनलाइन(जुम)मार्फत एकसाथ सभा सञ्चालन भएको थियो। साधारण सभाले बैंकको चुक्ता पुँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। ०७८ असार मसान्तमा कायम चुक्ता पुँजीमा रु. ९,०३,४४,२९,५०२.५०/मा ५.७५ प्रतिशतले हुन आउने […]

क्यानको वार्षिक साधारण सभा स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानका ६ बोर्ड सदस्यले वार्षिक साधारण सभा रोक्न भन्दै उजुरी दर्ता गरेपछि पुष १४ र १५ गर्ते धनगढीमा हुने तय भएको क्यान साधारण सभा स्थगित भएको हो । बिहीबार बसेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाअध्यक्ष रोशनसिंह, कार्यवाहक सचिव प्रशान्त […]

नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ ।नाडाको केन्द्रीय कार्य समितिको १३ औं बैठकले नाडाको ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन स्थगन गरेको हो ।  कोभिड १९ को संक्रमण दर अझ उच्च हुन भइरहेको अवस्थामा र तेश्रो लहरको जोखिम समेत बढेको भन्दै नाडाले साधारण सभा स्थगन गर्ने निर्णय गरेको जनाएको छ ।