कारोनाविरुद्ध उपचार कोषमा नेपाल लाइफको एक करोड सहयोग

२१ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले 'कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष'मा एक करोड सहयोग गर्ने भएको छ । कम्‍पनीको सञ्चालक समितिले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा …

सम्बन्धित सामग्री

भरतपुर महानगरले भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने

भरतपुर- भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको ८७औं कार्यपालिका बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए । भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माणलगायतका कार्यमा सहयोग पुर्‍याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा […]

तरकारी उत्पादन गर्न एक करोड सहयोग

मंगलबारे – सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि  एक करोड सहयोग गर्ने भएको छ। सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ। तरकारी उत्पादन तथा बजारीकरणका लागि मन्त्रालयले बजेट दिन लागेको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास)ले जानकारी दिए। कृषि मन्त्रालयको समन्वयमा कृषि कार्यक्रम अन्तर्गत उक्त रकम उपलब्ध […]

विकास बेल्जियमको करीब एक करोड सहयोग

म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिका–३ मल्लाजस्थित विद्याज्योति माविको भवन निर्माणका लागि विकास बेल्जियम नामक संस्थाले करिब एक करोड सहयोग गरेको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दशकोठे कक्षा कोठा भवन बनाउन लागिएको हो । विकास बेल्जियमका स्थानीय समन्वयकर्ता टेकबहादुर बरुवालले विद्यालयको भवन बनाउन गाउँपालिकालाई ९७ लाख ३६ हजार उपलब्ध गराएको जानकारी दिए । दुई करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि करसहित एक करोड ६० लाख ७२ हजार ९७२ मा त्रिशक्ति कन्स्ट्रक्सन इन्जिनियरिङले ठेक्का लिएको गाउँपालिकाका इन्जिनियर सुनिल बानियाँले बताए । २०७८ साउन ५ गते ठेक्का सम्झौता भएको भवन २०७९ को असार १० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दुई तले भवनको कुल खर्च हुने रकमको ७५ प्रतिशत विकास बेल्जियम र २५ प्रतिशत गाउँपालिकाले बेहोर्ने सम्झौता भएको थियो । संस्थाले बेहोर्नेमध्येको खर्च गाउँपालिकालाई उपलब्ध गराएको बरुवालले बताए ।      उनका अनुसार ढलान सकिएको भवनको प्लास्टर, रङरोगन, विद्युत्, फर्निचरका काम बाँकी छन् । ६० प्रतिशत निर्माण सकिएको उनले बताए । प्रअ रघुनाथ आचार्यका अनुसार कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल २७० विद्यार्थी छन् । २००४ सालमा स्थापना भएको विद्याज्योति धवलागिरि क्षेत्रकै पुरानो विद्यालय मानिन्छ । विकास बेल्जियमले यसअघि धवलागिरि गाउँपालिकाका–७ मा ताकम माविको भवन र बेनीको कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजसम्म पदमार्ग निर्माण गरेको थियो । तीन चरणमा ८६ लाख नौ हजार २५२ को लागतमा एक हजार ९५२ मिटर पक्की पदमार्ग निर्माण हो । ठाडो भिरको उकालोमा सिँढी र रेलिङसहितको पदमार्ग निर्माण भएपछि बेनी बजारका साथै बगरफाँट वारीबेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवतजावतमा सहज भएको छ ।

राहत तथा उद्दारका लागि मेलम्ची नगरलाई काठमाडौं महानगरको दुई करोड सहयोग

काठमाडौं। काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरेको छ। नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेको हुन्। मेलम्ची नदीमा आएको बाढीले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले बताए। मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो।

कोरोना महामारीबिच अमिताभ बच्चनले गरे १५ करोड सहयोग

बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना महामारीबिच पीडितको लागि १५ करोड सहयोग गरेका छन्। उनलाई महामारीको बेला केही पनि सहयोग नगरेको भनि आरोप लगाइएको थियो। उनको लगातार आलोचनासमेत भइरहेको थियो। यसैबिच उनले सोमबार राति ब्लगमार्फत सहयोग रकमको खुलासा गर्दैँ ट्रोलहरुको जवाफ दिएका छन्। उनले लेखेका छन्, ‘कोरोनाको यस लडाईंमा धेरैले सहयोग…

कोभिड सेन्टरलाई अमिताभले गरे २ करोड सहयोग

काठमाडौं। बलिउड सुपरस्टार अमिताभ बच्चनले कोभिड केयर सेन्टरलाई दुई करोड सहयोग गरेका छन्। उनले दिल्लीको कोभिड केयर फेसिलिटी रकाबगञ्जलाई सहयोग गरेका हुन्। आजबाट सञ्चालनमा आउन लागेको यो सेन्टरमा अब ३०० बेड हुनेछन्। उनले कोरोना खोपबारे समेत जोड दिएका छन्। उनले जतिसक्दो चाडो खोपको व्यवस्था गर्नुपर्ने बताए। उनले कोरोना महामारीसँग लडिरहेको भारतलाई सहयोग गर्न समेत सबैसँग आग्रह गरेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गोल्छा ग्रुपको १ करोड सहयोग

काठमाडौं । गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई १ करोड सहयोग हस्तान्तरण गरेका हुन् ।कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पताल मार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जिवन रक्षा गर्न सफल भएको थियो । अस्पतालले सध

कोभिड सेन्टरलाई अमिताभले गरे २ करोड सहयोग

काठमाडौं। बलिउड सुपरस्टार अमिताभ बच्चनले कोभिड केयर सेन्टरलाई दुई करोड सहयोग गरेका छन्। उनले दिल्लीको कोभिड केयर फेसिलिटी रकाबगञ्जलाई सहयोग गरेका हुन्। आजबाट सञ्चालनमा आउन लागेको यो सेन्टरमा अब ३०० बेड हुनेछन्। उनले कोरोना खोपबारे समेत जोड दिएका छन्। उनले जतिसक्दो चाडो खोपको व्यवस्था गर्नुपर्ने बताए। उनले कोरोना महामारीसँग लडिरहेको भारतलाई सहयोग गर्न समेत सबैसँग आग्रह गरेका छन्।

कोरोना संक्रमितको उपचारका लागि अक्षय कुमारले गरे एक करोड सहयोग

काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारले कोरोना संक्रमितको उपचारका लागि एक करोड भारू रूपैयाँ आर्थिक सहयोग गरेका छन्। उनले गौतम गम्भीर फाउण्डेशनलाई एक करोड सहयोग गरेका हुन्। यसअघि कोरोनाको पहिलो लहरमा पनि ३० करोड सहयोग गरेका थिए। प्रधानमन्त्री फाउण्डेशनमा २५ करोड, मुम्बई महानगरलाई ३ करोड र मुम्बई प्रहरीलाई दुई करोड सहयोग गरेका थिए। अन्य समस्यामा परेकालाई पनि सहयोग गर्दै आएका छन्।

गौतम गम्भिर फाउन्डेशनलाई अक्षयको १ करोड सहयोग

भारतमा कोरोनाको दोश्रो लहरका कारण दैनिक २ हजार भन्दा बढी मानिसको ज्यान गैरहेको छ । पहिलो चरणको भन्दा खतरनाक देखिएको दोश्रो चरणको कोरोनाले हजारौको जीवन प्रभावित बनाएपछि बलिउडका कलाकारहरु पुन सहयोगका लागि अगाडि आएका छन् । नायक अक्षय कुमारले गौतम गम्भिर फाउन्डेशनमा १ करोड सहयोग गरेका छन् । यो कुराको जानकारी गौतमले सामाजिक संजालबाट दिएका […]