विकास बेल्जियमको करीब एक करोड सहयोग

म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिका–३ मल्लाजस्थित विद्याज्योति माविको भवन निर्माणका लागि विकास बेल्जियम नामक संस्थाले करिब एक करोड सहयोग गरेको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दशकोठे कक्षा कोठा भवन बनाउन लागिएको हो । विकास बेल्जियमका स्थानीय समन्वयकर्ता टेकबहादुर बरुवालले विद्यालयको भवन बनाउन गाउँपालिकालाई ९७ लाख ३६ हजार उपलब्ध गराएको जानकारी दिए । दुई करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि करसहित एक करोड ६० लाख ७२ हजार ९७२ मा त्रिशक्ति कन्स्ट्रक्सन इन्जिनियरिङले ठेक्का लिएको गाउँपालिकाका इन्जिनियर सुनिल बानियाँले बताए । २०७८ साउन ५ गते ठेक्का सम्झौता भएको भवन २०७९ को असार १० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दुई तले भवनको कुल खर्च हुने रकमको ७५ प्रतिशत विकास बेल्जियम र २५ प्रतिशत गाउँपालिकाले बेहोर्ने सम्झौता भएको थियो । संस्थाले बेहोर्नेमध्येको खर्च गाउँपालिकालाई उपलब्ध गराएको बरुवालले बताए ।      उनका अनुसार ढलान सकिएको भवनको प्लास्टर, रङरोगन, विद्युत्, फर्निचरका काम बाँकी छन् । ६० प्रतिशत निर्माण सकिएको उनले बताए । प्रअ रघुनाथ आचार्यका अनुसार कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल २७० विद्यार्थी छन् । २००४ सालमा स्थापना भएको विद्याज्योति धवलागिरि क्षेत्रकै पुरानो विद्यालय मानिन्छ । विकास बेल्जियमले यसअघि धवलागिरि गाउँपालिकाका–७ मा ताकम माविको भवन र बेनीको कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजसम्म पदमार्ग निर्माण गरेको थियो । तीन चरणमा ८६ लाख नौ हजार २५२ को लागतमा एक हजार ९५२ मिटर पक्की पदमार्ग निर्माण हो । ठाडो भिरको उकालोमा सिँढी र रेलिङसहितको पदमार्ग निर्माण भएपछि बेनी बजारका साथै बगरफाँट वारीबेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवतजावतमा सहज भएको छ ।

सम्बन्धित सामग्री

स्थानीय अर्थतन्त्र बलियो बनाउन एडिबीको १६ अर्ब ६० करोड सहयोग

काठमाडौँ – नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्न एसियाली विकास बैंक (एडिबी)ले १६ अर्ब ६० करोड रुपैयाँको वित्तीय सहायता उपलब्ध गराउने भएको छ। पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी संस्कृति, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा […]

युएसआइडीका सहायक प्रशासक नेपालमा

कृषि र स्वास्थ्य कार्यक्रममा तीन अर्ब ८९ करोड सहयोग अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले पञ्चवर्षीय कृषि कार्यक्रममा तीन अर्ब र तीन वर्षीय स्वास्थ्य कार्यक्रमका लागि ८९ करोड रुपैयाँ सहयोग गर्ने भएको...

पुष्पा बस्नेतको संस्थालाई प्रभाकर राणा इन्डोमेन्ट फन्डको एक करोड सहयोग

१३ साउन, काठमाडांै । सीएनएन सुपर हिरो पुष्पा बस्नेतले स्थापना गरेको प्रारम्भिक बाल विकास केन्द्र पुतली घरलाई एक करोड राशीको प्रभाकर शमशेर राणा इन्डोमेन्ट फन्ड प्राप्त भएको छ । प्रतिष्ठित व्यवसायी प्रभाकर शमशेर राणाको स्मृतिमा उनकी छोरी माया राणा टुफोले यो कोष स्थापना गरेकी हुन् । नेपालको पर्यटन, जलविद्युत् तथा अटोमोबाइल क्षेत्रमा लगानी गरेका अग्रणी […]

गणेशमान स्मृति उद्यान निर्माणका लागि काठमाडौँ महानगरको एक करोड सहयोग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गणेशमान स्मृति उद्यान निर्माणका लागि नागार्जुन नगरपालिकालाई थप एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले नागार्जुन नगरपालिका–६ डाँडा पौवामा निर्माणाधिन सो उद्यानका लागि थप रु एक करोड उपलब्ध गराउने भएको हो। कामपाले उक्त उद्यान निर्माणका लागि यसअघि नै रु एक करोड प्रदान गरिसकेको छ। कामपाले एकीकृत विकास कार्यक्रम […]

नेपाललाई विश्व बैंकको रु ५ अर्ब ८७ करोड सहयोग

काठमाडौं । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । सरकारको प्राथमिकतामा रहेको विद्यालय क्षेत्र विकास […]

नेपाललाई विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग

विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी  दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । सरकारको प्राथमिकतामा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनमा सघाउनका लागि वैंकले उक्त रकम उपलब्ध गराएको हो ।कार्यक्रमम

भारत सरकारद्वारा साँस्कृतिक सम्पदा  तथा स्वास्थ्य परियोजनाका लागि ४२० करोड सहयोग

भदौ १९, काठमाडौं । भारतले नेपालका साँस्कृतिक सम्पदा परियोजना र विभिन्न स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि सहयोग गर्ने भएको छ। भारत सरकारको ४२० करोड रुपैयाँ अनुदान सहयोगमा १४ ओटा सांस्कृतिक सम्पदा परियोजना र १०३ ओटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि शुक्रवार सम्झौतापत्रमा हस्ताक्षर भएको हो। नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ ओटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ ओटा स्वास्थ्य परियोजनाका पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंसल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्याम किशोर सिंहको उपस्थितिमा दुवै पक्षले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

भारतद्वारा साँस्कृतिक सम्पदा निर्माणका लागि २४ करोड सहयोग

काठमाडौं । भारतले ललितपुर र सिन्धुपाल्चोक जिल्लाका लागि थप तीनवटा साँस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माणका लागि २४.६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । त्यसका लागि आज काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) ...

मायादेवी मन्दिरको जीर्णोद्वारमा ल्हारक्याल लामाले सात करोड सहयोग गर्ने

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले मायादेवी मन्दिर जीर्णोद्धारका लागि सा करोड रुपियाँ व्यक्तिगत रुपमा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ।

प्रदेश नम्बर ५ सरकारद्वारा बाराका हुरी पीडितलाई १ करोड सहयोग

बुटवल। प्रदेश नम्बर २ को बारा र पर्सामा हावाहुरीबाट प्रभावितका लागि प्रदेश नम्बर ५ सरकारले एक करोड सहयोग गर्ने भएको छ । प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले ...