कोभिड सेन्टरलाई अमिताभले गरे २ करोड सहयोग

काठमाडौं। बलिउड सुपरस्टार अमिताभ बच्चनले कोभिड केयर सेन्टरलाई दुई करोड सहयोग गरेका छन्। उनले दिल्लीको कोभिड केयर फेसिलिटी रकाबगञ्जलाई सहयोग गरेका हुन्। आजबाट सञ्चालनमा आउन लागेको यो सेन्टरमा अब ३०० बेड हुनेछन्। उनले कोरोना खोपबारे समेत जोड दिएका छन्। उनले जतिसक्दो चाडो खोपको व्यवस्था गर्नुपर्ने बताए। उनले कोरोना महामारीसँग लडिरहेको भारतलाई सहयोग गर्न समेत सबैसँग आग्रह गरेका छन्।

सम्बन्धित सामग्री

ज्योति ग्रुपद्वारा कोभिड विरुद्ध लड्नका लागि २ करोड सहयोग

जेठ १९, काठमाडौं । ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ्ग कम्पनी प्रालिले कोभिड महामारीको कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करीब २ करोड रुपैयाँ सहयोग  गरेको छ ।  सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ राहत रकम प्रदान गरेको बताएको छ ।  साथै  उसले क्रिएसन नेपाललाई  ५ लाख २२ हजार रुपैयाँ बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई  ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर, सर हेल्थी नेशन फाउण्डेशनलाई ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग उपलब्ध गराएको  बताएको छ । यसका साथै गंगालाल अस्पताललाई ५ लाख रुपैयाँ बराबरको पेपर सुट प्रदान गरेको छ ।  जर्मन अक्सिजन प्लान्टका लागि नेशनल बिजनेश इनिसिएटिभलाई १५ लाख रुपैयाँ र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभिएरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनका लागि एअर कार्गोसहित १ करोड २१ लख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

कोभिड महामारी नियन्त्रणमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको २ करोड सहयोग

काठमाडौं (अस) । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले पछिल्लो दुई सातामा दुई करोड रुपैयाँ कोरोना महामारी नियन्त्रणका सामग्री खरिदका लागि प्रत्यक्ष अनुदान उपलब्ध गराइएको जनाएको छ । सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय सामुदायिक संस्थाको अग्रसरतामा कोभिड–१९ प्रभावित समूहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अन्य स्वास्थ्य सामग्री खरिदका लागि सहयोग उपलब्ध गराएको कम्पनीले बताएको छ । कम्पनीले    अक्सिजन प्लान्ट र आईसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई एक करोड ३५ लाख, विभिन्न प्रदेशमा सामुदायिक समूहको प्रयासका लागि सहयोगस्वरुप ७५ लाख रुपैयाँ लाख प्रदान गरिएको छ । यस्तै, नेपाल भेन्टिलेटर सर्भिसलाई विविधि प्रकारका भेन्टिलेटर खरिद गर्न, वीरगञ्ज महानगरमार्फत वीरगञ्ज, पर्सामा अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि,ल लितपुर महानगर र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरूमार्फत सञ्चालित आइसोलेसन सेन्टरका निम्ति उपकरण र सामग्री खरिद गर्न सहयोग रकम उपलब्ध गराइएको कम्पनीले बताएको छ । विराटनगर, मोरङमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनका लागि रोटरी क्लब अफ विराटनगर युनिकलाई सहयोग, रोटरी क्लब अफ बिर्तामोडलाई झापामा अक्सिजन बैंक सञ्चालन गर्न, रोटरी क्लब अफ धनगढीलाई धनगढी, कैलालीमा अक्सिजन बैंक सञ्चालन गर्न, लायन्स क्लब अफ बुटवलमार्फत बुटवल, रूपन्देहीमा अक्सिजन ग्यास भर्न, रोटरी क्लब अफ भैरहवामार्फत भैरहवा, रूपन्देहीमा सञ्चालित आइसोलेसन सेन्टरका लागि उपकरण खरिद गर्न पनि कम्पनीले रकम उपलब्ध गराएको छ । यसैगरी भैरहवा चेम्बर अफ कमर्समार्फत रूपन्देहीमा सञ्चालित अक्सिजन ग्यास भर्न र देशभरका ग्राहक तथा स्थानीय समुदायको लागि पाँच लाख फेस मास्क वितरण गरिएको कम्पनीले जनाएको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष विजयकुमार शाहले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महामारीका बेला समुदायलाई आवश्यक सामग्री खरिदका लागि रकम उपलब्ध गराइएको बताए । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका कार्यकारी निर्देशक सशिन जोशीले अहिलेको यो कठिन समय ‘कर्पोरेट नागरिक’ को हैसियतले व्यापारिक घरानाले कुनै पनि अपेक्षा नराखी स्वच्छ रुपले सहयोगका हात अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

कोभिड १९ महामारीको सामना गर्न जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको २ करोड सहयोग

कोभिड १९ प्रभावित लक्षित समुहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयू लगायत अन्य स्वास्थ्य सामाग्री खरिदको लागि जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले पछिल्लो दुई हप्तामा रु दुई करोडको प्रत्यक्ष अनुदान प्रदान गरेको छ । सामूदायिक अस्पतालको स्वास्थ्य सेवालाई …

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजद्वारा कोभिड महामारीको सामना गर्न २ करोड सहयोग

काठमाडौँ / जावलाखेल गु्रप अफ इण्डष्ट्रिजले कोभिड १९ महामारीको सामना गर्न दुई करोड बराबरको सहयोग गरेको छ । इण्डष्ट्रिजले सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा

कोभिड सेन्टरलाई अमिताभले गरे २ करोड सहयोग

काठमाडौं। बलिउड सुपरस्टार अमिताभ बच्चनले कोभिड केयर सेन्टरलाई दुई करोड सहयोग गरेका छन्। उनले दिल्लीको कोभिड केयर फेसिलिटी रकाबगञ्जलाई सहयोग गरेका हुन्। आजबाट सञ्चालनमा आउन लागेको यो सेन्टरमा अब ३०० बेड हुनेछन्। उनले कोरोना खोपबारे समेत जोड दिएका छन्। उनले जतिसक्दो चाडो खोपको व्यवस्था गर्नुपर्ने बताए। उनले कोरोना महामारीसँग लडिरहेको भारतलाई सहयोग गर्न समेत सबैसँग आग्रह गरेका छन्।

कोभिड सेन्टललाई अमिताभको २ करोड सहयोग

भारत कोरोनाको दोश्रो लहरको चपेटामा छ । दैनिक हजारौ मानिसको ज्यान कोरोनाका कारण गैरहेको छ । दैनिक ४ लाख मानिस कोरोना संक्रमित भैरहेको छन् । यो अवस्थामा बलिउडका कलाकारहरु पनि सहयोगका लागि अगाडि आएका छन् । बलिउड नायक अमिताभ बच्चनले दिल्लीको कोभिड सेन्टलका लागि २ करोड रुपैयाँ सहयोग गरेका छन् । कोभिड केयर फेसिलिटी रकाबगंज […]