पत्रकार महासंघ निर्वाचन- विपुल पोखरेल प्यानललाई अग्रता, कसले कति मत पाए ?

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको प्रत्यक्ष निर्वाचनको मतगणना जारी रहँदा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ ।

सम्बन्धित सामग्री

पत्रकार महासंघ र नेपाल प्रेस युनियनबीच ३ बुँदे सहमति

काठमाडौं । नेपाल पत्रकार महासंघ र प्रेस युनियनबीच ३ बुँदे सहमति भएको छ । महासंघ अध्यक्ष विपुल पोखरेल र युनियनका अध्यक्ष शिव लम्सालले हस्ताक्षर गर्दै सहमति गरेका हुन् । जसमा महासंघको सुर्खेत साधारण सभाको मर्मअनुसार सदस्या शुद्धीकरण अभियानलाई तार्किक निष्कर्षमा पुर्याउने सहमति भएको छ । त्यस्तै, महासंघको विधानको प्रचलित व्यवस्थाअनुसार नियमित अधिवेशनको प्रक्रिया अगाडि बढाउने, […]

पत्रकार महासंघ र कान्तिपुरबीच सहमति, आन्दोलन फिर्ता

नेपाल पत्रकार महासंघ र कान्तिपुर मिडिया ग्रुपबीच ४ बुँदे सहमति भएको छ । सहमतिसँगै महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । महासंघका अध्यक्ष विपुल पोखरेल र कान्तिपुर मिडिया ग्रुपको तर्फबाट ग्रुप चिफ अफ स्टाफ शिशिर पछाईले सहमतिमा हस्ताक्षर गरेका छन् ।

पत्रकार राईको मुद्दा काउन्सिललाई जिम्मा दिन महासंघको आग्रह

नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले पत्रकार गजेन्द्र राईविरुद्ध नेपाल प्रहरीले चलाएको कारबाही कानुनविपरीत भएको भन्दै त्यसको जिम्मा काउन्सिललाई दिनुपर्ने बताएका छन् । मंगलबार सरकारी वकिलको कार्यालय बबरमहल पुगेर सहन्यायाधिवक्ता अच्युतकृष्ण न्यौपानेलाई भेट्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, महासंघका अध्यक्ष विपुल पोखरेल नेतृत्व टोलीले आग्रह गरेका हुन् ।

पत्रकार महासंघ भक्तपुरका अध्यक्ष प्रजापतिलाई पदबाट नहटाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पदबाट नहटाउन आदेश दिएको छ । अध्यक्ष प्रजापतिले महासंघ केन्द्रीय समिति, अध्यक्ष विपुल पोखरेल, जिल्ला कार्यसमिति र जिल्ला उपाध्यक्ष सुन्दर शिल्पकारविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले महासंघविरुद्ध रिट जारी हुने फैसला गरेको हो ।

उपत्यका प्रदेश अध्यक्षमा झा, कोषाध्यक्षमा पन्त

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा विपुल पोखरेल पक्षको प्यानल नै  विजयी भएको छ । प्रदेश अध्यक्षमा सोही पक्षको प्यानलका श्रीजन झा निर्वाचित भएका छन् ।यस्तै महासचिवमा बिरबहादुर लामा निर्वाचित भएका छन् । यस्तै सचिवमा टेनिस रोकाले जीत हात पारेका छन् । यस्तै कोषाध्यक्षमा अर्जुन पन्त विजयी भएका छन् । सचिव (समावेशी) अमर  भुजु निर्वाचित भएका छन् ।

पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर

नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन् ।बुधवार भएको महासंघको २६ औं महाधिवेशनमा विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त गरेका छन् ।ललितपुरमा कूल मतदाता ४५४ रहँदा ३८३ मत खसेको निर्वाचन समिति सदस्य तथा ललितपुर बार एशोसियशनका अध्यक्ष अर्जुन महर्जनले जानकारी गराए ।महासंघ म्याग्दी शाखाको ...