उपत्यका प्रदेश अध्यक्षमा झा, कोषाध्यक्षमा पन्त

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा विपुल पोखरेल पक्षको प्यानल नै  विजयी भएको छ । प्रदेश अध्यक्षमा सोही पक्षको प्यानलका श्रीजन झा निर्वाचित भएका छन् ।यस्तै महासचिवमा बिरबहादुर लामा निर्वाचित भएका छन् । यस्तै सचिवमा टेनिस रोकाले जीत हात पारेका छन् । यस्तै कोषाध्यक्षमा अर्जुन पन्त विजयी भएका छन् । सचिव (समावेशी) अमर  भुजु निर्वाचित भएका छन् ।