पत्रकार राईको मुद्दा काउन्सिललाई जिम्मा दिन महासंघको आग्रह

नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले पत्रकार गजेन्द्र राईविरुद्ध नेपाल प्रहरीले चलाएको कारबाही कानुनविपरीत भएको भन्दै त्यसको जिम्मा काउन्सिललाई दिनुपर्ने बताएका छन् । मंगलबार सरकारी वकिलको कार्यालय बबरमहल पुगेर सहन्यायाधिवक्ता अच्युतकृष्ण न्यौपानेलाई भेट्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, महासंघका अध्यक्ष विपुल पोखरेल नेतृत्व टोलीले आग्रह गरेका हुन् ।