कान्तिमा मानसिक उपचार पनि

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालन हुने भएको छ । अस्पतालले बालबालिकाका लागि मानसिक स्वास्थ्य सेवाको ओपीडी यसअघि सुरु गरिसकेको छ । बुधबार अस्पतालको ५९औंँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्नुभयो । बालबालिका तथा किशोरकिशोरीमा समेत मानसिक समस्या हुने भएकाले देशको एक मात्र बाल अस्पतालका रूपमा परिचित कान्ति अस्पतालले मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको जनाइएको छ । मन्त्री त्रिपाठीले कोरोना विरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउने, भर्खरै सबै पालिकामा शिलान्यास भएका अस्पताल निर्माणलाई पूरा गर्ने र कर्मचारीको समायोजनलाई टुङ्ग्याउने आफ्नो जिम्मेवारी रहेको बताउनुभयो ।

सम्बन्धित सामग्री

सुदन किराती मानसिक उपचार गर्न अस्पताल भर्ना गर्नुपर्ने मान्छे हो : सूर्य थापा

काठमाडौं, ६ असार । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले समाजवादी मोर्चा सत्ताधारी गठबन्धनको उपगठबन्धन मात्रै भएको आरोप लगाएका छन् । ‘समाजवादी मोर्चा कहाँ गठन भएको ? राष्ट्रिय सभागृहमा ! अलि पहिले चारजना नेता जम्मा हुँदा सत्ताधारी गठबन्धन भन्नुभयो, अर्को ठाउँमा समाजवादी मोर्चा भन्नुभयो, भोलि अर्को ठाउँमा जुटेर साम्यवादी मोर्चा भन्नुहोला । फेरि प्रो […]

श्रीलंका संकटः क्रिकेट ‘मानसिक उपचार’ को माध्यम

कोलम्बो- श्रीलंकामा आर्थिक संकटलाई बिर्साउनेहरुका लागि क्रिकेट एउटा गतिलो माध्यम बनेको छ । इन्धन किन्न लामो लाइन, सवारीसाधन नचलेका कारण विद्यालय र कार्यालयहरु प्रभावित भइरहेको समयमा क्रिकेटले त्यो पीडा भुलाउन केही मद्दत गरेको छ ।  क्रिकेट खेलका लागि मरिहत्ते गर्ने दक्षिण एसियाली टापु राष्ट्रले अहिलेसम्मकै सबैभन्दा ...

स्वास्थ्य र मानव विकास सचेतना

अक्टोबर महिना स्वास्थ्य र मानव विकासका दृष्टिकोणले विशेष महिनाका रुपमा मनाइन्छ । यस महिनामा स्वास्थ्य र मानव विकाससँग सम्बन्धित थुप्रै कार्यक्रम विश्वव्यापीरुपमा मनाइन्छ । यो लेख मार्फत तिनै विभिन्न महोत्सवको चर्चा गर्न खोजिएको छ । विश्व मानसिक स्वास्थ्य दिवस (अक्टोबर १०) सबैको लागि मानसिक उपचार सेवा नाराका साथ यो वर्षको मानसिक स्वास्थ्य दिवस मनाइयो । यस अवसरमा मानसिक समस्याको पहिचान, यसको कारण र सम्भाव्य निवारणका सम्बन्धमा जनचेतना जगाउने, बढ्दो आत्महत्या वा आत्महत्या गर्ने विचारलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ गतिविधि सञ्चालन गरिए । यो दिवस विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा विभिन्न निकायको प्रायोजन र सम्बन्धित सरकारहरुको आयोजनामा विश्वभरी मनाइने गरिन्छ । अन्तर्राष्ट्रिय प्रकोप न्यूनीकरण दिवस (अक्टोबर १३)

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका र मानसिक उपचार सेवा शुरु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बालबालिका र मानसिक रोगको उपचार सेवा शुरुआत भएको छ । ती सेवाका लागि विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा आउनुभएपछि सेवा शुरु गरिएको शाखा अधिकृत झंकार लामिछानेले जानकारी दिनुभयो ।

मन्त्री र सचिवबीच कुटपिट: अझै गहिरियो विवाद

कुटपिटपछि प्रदेश नम्बर २ का मन्त्री र सचिवले एक अर्काको 'मानसिक उपचार गर्नुपर्ने' भनी आक्रोशयुक्त प्रतिक्रिया दिएका छन्।